अंकितले चिहानमा गीत गाउदा यस्तो आवाज सुनियो ( भिडियो )

इनेप्लिज २०७६ कार्तिक ७ गते १०:१८ मा प्रकाशित

नेपाली गीत संगीतमा आफ्नो फरक स्वादका गीत संगीत बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रतिभावान गायक अंकित बाबु अधिकारीले आफ्नो अर्को बिल्कुलै नयाँ गीत ”  रफ्तार रफ्तार ”   लिएर आएका छन। पृथक शैली  , शब्द चयन , र दृश्य भाषाका माध्यम बाट कलात्मक ढंगले  भिडियोमा स्टोरी टेलिङ्गको प्रयोग गर्ने रुचाउने गायक अधिकारीका ” राम नाम ” , ” सम्झनालाई ” बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन् ।

” रफ्तार रफ्तार ” बोलको गीतमा  गायक अधिकारीलाई चिहानमा गीत गाउदै गर्दै गरेको देख्न सकिन्छ । चिहानमा जादा  सबैको  मन  दुखित हुन्छ नै तर उनले दुखित मुडलाई बदल्दै चिहानमा बिश्राम लिदै गरेका आत्माहरुलाई खुशी बनाउन गीत सुनाउछ्न । उनको गीत सुनेर अन्त्यमा चिहानबाट मरेकाहरुले ताली बजाउदै आनन्द र खुशी प्रकट गरेको आवाज सुन्न सकिन्छ ।

” रफ्तार ”  बोलको यस प्रयोगात्मक गीतमा स्वर र संगीत गायक अंकित बाबु अधिकारीको रहेको छ । गीतका शब्द अन्वेष राई थुलुङ्गले लेखेका हुन । गीतको संगीत संयोजन शार्दूल श्रेष्ठ ” च्यांग ” ले गरेका हुन ।

गीतको भिडियोलाई विकेश बज्रले खिचेका हुन भने सुनिल पौडेलले सम्पादन गरेका हुन् । नेपाली गीत संगीत क्षेत्रमा आवाज , प्रस्तुति  , निर्माण पक्ष्यबाट नयाँ आयाम र उचाई प्रदान गर्दै अघि बढिरहेको आर्टमाण्डुको निर्माणमा भिडियो तयार भएको हो ।

 

प्रतिक्रिया