प्लेनमा उड्दा ध्यान दिनु पर्ने कुरा – DVT and Flying

महेश भट्टराई ,मेरिल्याण्ड, २०७६ कार्तिक ६ गते २३:५८ मा प्रकाशित

१. खुशीले गदगद भै अमेरिका आउदै गरेका बाबुआमा लाश एयरपोर्टमा छोराछोरीले बुझ्नु पर्दाको पिडा कस्तो होला ?

१.एयरपोर्ट बाट सिधै अस्तताल पुर्याएर पक्षघात भै जिवनभर पश्चातापको भुमरीमा बाच्न पर्दाको छोराछोरीको मन कस्तो होला ?

१.अमेरिका आउदै गरेका बाबुआमा लाई प्रहरीले सिधै फोन गरि अस्पतालमा तुरून्त भेट्न जादाको अबस्था कस्तो होला ?

१.अमेरिका आएको अर्को दिन देखि नै बिना बिमा बिरामी भै अस्पताल पुर्याएर दैनिक रगत जांच, सूई लगाउदा छोराछोरीको मन कस्तो होला ?

माथिका यी घटना कुनै काल्पनिक होइनन । बास्तबमा घटेका घटनाहरू हुन । गोप्यताको कारणले खुलाउन चाहिन। प्रत्रकारले भेट्टाएका ठुला हेड लाइन दिएर नेपाल देखि अमेरिका सम्म बेच्थे होला तर मलाई केहि लेख्न प्रेरित गर्यो ।

DVT and Blood clot :लामो समय सम्म प्लेनको सानो सिटमा बाधिएर गुजुल्टिएर बस्नु र एउटा गुफा भित्र पसि सुख्खा हावा खानु स्बास्थ्यको लागि निकै हानीकारक हुन्छ । आठ घन्टा भन्दा लामो समय सम्म लगातार उड्दा खुट्टाको रक्त नशाहरूमा रगत जम्ने शंभावना बढि हुन्छ ।अनुसन्धानले २-५% मानिसहरूमा यस्तो समस्या देखिएको प्रमाणित गरेको छ ।

DVT (Deep Vein Thrombosis) भन्नाले हाम्रो रगतको नलिमा रगत जम्नु हो । यसरी जमेको रगत फोक्सो गै (Pulmonary Embolism) रगत प्रबाहमा असर पारि पक्षघात वा ह्रृदयघात भै मानिसको तत्काल मृत्यु समेत हुन सक्छ !

लक्ष्यणहरू:

१. एउटा मात्र खुट्टा वा खुट्टाको जोर्नि सुनिनु
२.खुट्टा र जोर्निमा बढि दुखाई हुनु
३.घुडाको कापमा बढि दुखाई हुनु
४.सुन्निएकोठाऊमा रातो, निलो वा पहेलो हुनु !

चिन्हहरू :

१. रिगाउने
२.पसिना आउने
३.छाती दुख्ने खोक्दा वा श्वास लिदा अझै बढि दुख्ने
४.छिटो छिटो स्वास लिने
५.मुटुको गति बढ्ने
६.खोक्दा रगत देखा पर्ने

उच्च खतराका मानिस

१. ५० बर्ष माथिका
२.खुट्टामा चोट पटक लागेको वा भाचिएको
३.गर्भवती महिला
४. बढि तौल भएका
५.चुरोट खाने
६.रगत जम्ने समस्याका रोगी
७.बंशानुगत परिवार

सल्लाह:

१.खुल्ला कपडा लगाउएर बस्ने
२.सजिलो जुत्ता लगाउने र फुकालेर बस्ने
३. कम्प्रेशन मेडिकल स्टकिडं लगाउने
४.बेबी एस्प्रिन 81mg खाने
५. बिच बिच उभिने हिड्ने
६.खुट्टाको ब्यायाम गर्ने, तन्काउने
७ खुट्टा खप्ट्याएर नबस्ने
८.रक्सी कम र पानी धेरै पिउने

अनुरोध :

१.नेपालबाट बाबुआमा बोलाउदा मिले सम्म आफै जादा संगै ल्याउने
२.नजिकको साथीभाई वा आफन्त संग बोलाउदा राम्ररी संझाउने बुझाउने
३.दुई चार सय डलरको लोभ गरेर ट्रान्जिट लामो नराख्ने
४.अमेरिका भित्रैको अर्को कनेटिड उडान नराख्ने
५.हिड्न सक्ने बाबुआमा लाई हुइल चियरमा राखेर बन्धक नबनाउने !

एक पटक अमेरिकन एम्बेसीको एक उच्च पदमा कर्मचारीले आफ्वो पद र प्रभाबको प्रयोग गरि एक नेपाली संग बुढा दमको रोगी बाबु लाई हुइल चियरमा हालेर नेपाल पठाएका थिए । एयरपोर्ट बाटै संगै परियो । दुबई पुग्दा दमको अक्सिजन ट्याकं बोकेका दममा रोगी बाबु लाई हुइल चियर स्टेसनमा राख्न मनले नमानी संगै बसे ।एक्सिजन लगाई दिए । दमको औषधी पफ र औषधी हेरेर दिए । पानी किनेर दिए । बाबुको मन पग्लिएछ, घरका परिबारका धेरै कुरा खोली आशुले धोए र मैले पनि साथ नदिई रहन सकिन ।

म हरेक पटक नेपाल जादा र आउदा ट्रान्जिट र एयरपोर्टमा अलपत्र बुढा आमाबुबा हरेक पटक भेटेको छु । मिले र सके सम्म हरेक पटक बाथरूम लाने र पानी किनेर दिएको छु । ब्याग बोकि दिएको छ र संगै घुमाएको छु।

पेशा र मनले नै खोजेर होला सहयोग गर्न पाउदा धेरै आत्म सन्तोष र खुशी लाग्छ ।

प्रतिक्रिया