तनहुँको भानु नगरपालिका थानीमाईको मन्दीरमा भक्तजनको घुईचो (फोटो फिचर सहित)

भोला थापा क्षेत्री २०७६ कार्तिक ५ गते १५:०२ मा प्रकाशित

भोला थापा क्षेत्री

तनहुँ डुम्रे । तनहुँको भानु नगरपालिका वडा सात वसन्तपुरमा रहेको थानिमाई मन्दीरमा आज कात्तिकको पहिलो मंगवार ६५ फुलकोडोली सहित भक्तजनले पुजा गरेका छन  ।

सोमवार का दिन आफ्नो घरमा सत्यनारायण पुजा लगाई मंगलवार थानीमाईलाई डोली चडाउन ल्याउने र अनेकौ कष्टका बाबजुद पनि पैदल हिडेरै टाडा टाडाबाट भक्तजनहरु डोलीलिइ आउने गरेका छन । प्राय अहिल्य भने थानीमाईको मन्दिरमा दर्शनका लागि तनहुँ, लमजुङ गोरखा, धादिङ चित्तवन, कास्की लगायतका जिल्लाबाट धेरै भक्तजनहरु आईरहेका छन ।

विभिन्न ठाउबाट आएका भक्त जनहरुबाट आज थानीमाईको मन्दिरपरिसरलाई परिक्रमा गरि माथीथुम्का शिखरमा अबस्थित मन्दिरमा उक्लदै बाजा गाजा धोजा पताका सहित थानीमाईको जय जयकारले बसन्तपुर छुटै रौनक वनेको छ । ।

हिजो सोमबारका दिन भने मन्दिरमा सयौ जना भक्तजनहरुको रात्री बत्ति बाल्ने भिड उत्तिकै लाग्गेको थियो । साथै नाचगान गरि भजन गाउदै रात उनै थानीमाईको काखमा विताएका थिए । हजारौ भक्तजनको भिड्लाग्ने थानीमाई मन्दीरमा भने कुनै जात जातीको भेदभाब भन्ने चलन राखिएना सबै खुल्ला जस्तै थियो ।

गण्डकी अन्चल तनहूँ जिल्ला डुम्रे बजारबाट उत्तर पट्टी लम्जुङ जाने हाईवे रोड सगै करिब १५  कि मी  पिच र ८ किमी कच्ची सडक  पार गर्दै  पुगीने  भानु नगरपालिका वडा सात बसन्तपुर अबस्थित एउटा धार्मीक स्थल श्री थानीमाई मन्दिर, थानीमाई नाम बाट अपरम्पार नाम कमाउन सफल तथा गण्डिकी अन्चलमा नै प्रख्यत छिन, तनहुँ कि थानीमाई ।

जताततै हराभर सानो एउटा गाँउ जसमा विविध जातजाती संस्कृती ,धर्ममा आस्था राख्ने क्रमस दमाई, कामि, सार्की वाउन, क्षेत्री ,मगर, नेवार, मुस्लीम धर्मालम्बीहरुको बाहुल्यता यस भेगमा पाइन्छ ।

बसन्तपुरमा श्री थानीमाईको मन्दिरको वरिपरि रमणीय स्थलबाट गोर्खाको लक्ष्मी बजार, लिगलिक कोट  तथा पश्चिमको मनैलोभ्याउने अन्नपूर्ण हिमशृंखला निकै राम्रा  हिमाली दृश्यहरु देख्न सकिन्छ ।

यो भाग उच्च भएको हुदा यहाँबाट नागबेली खोलानालाहरु फाउदी खोला , भानुभक्तको जन्म स्थानमा रहेको चुद्धी खोला । गोर्खा को सिमानामा पर्नै चेपे नदि अनि मस्र्यङदी नदि र रम्घा फाट खातिथोकको डाडो साथै र्मिलुङ को डाडो तनहुँसुर राजदरवार  र लम्जुङको राईनसकोट गगनचुम्बी पाहडहरुपनि सबै एकै हाराहारीकै अनुपातमा हेर्न सकिन्छ ।

 जनस्रती अनुसार परम्परारितीथितीअनुसार लेकबाट भोटेनी जडिबुटीहरु बेच्दै बसन्तपुर गाउँमा साँझपख बाँस माग्दै आएकी थिईन भन्ने सुन्नमा आएको पाईन्छ ।

उक्त गाउका मान्छेले भोटेनी भनेपछि केहि तन्तर मन्तर टुनामुना लाउन सक्छे भन्ने डरले बासँ नदिए पछि डाँडोमा रहेको एउटा कटुसको बोटमा राती आश्रय लिन पुगेको र त्यही कटुसको बोट मुनी बास बस्ने क्रममा राति जोड सगँ अन्नधुन्नअसिना पानी परेकोले कहाँ जाउ के गरु भन्दा उहि बोट मुनी नै बस्दा अस्वस्थशरीरमा असिना पानीको मार खप्न नसकि निकै कष्ट सहेर  उनको निधन त्यही कटुसको बोट मुनी भएर स्वर्गमा बास लिन पुगेको स्थानिय भनाई छ ।

त्यही  भोटिनीको मृत्युको दिन देखी उक्त गाँउमा  भाड भैलो मच्चने विभिन्न दैविकप्रकोप प्रकृतिक प्रकोपले सताउन थालेको बाघले सताउने र रात भरि बाघले सुत्न नदिने यस्तो अचानक भए पछि गाउलेहरुले के भयो कसरी यसो हुन गयो भनेर खोजी निती गर्दा उही भोटिनी नै थानीमाईको रुपलिएर त्यही स्थानमा बसेको र उसको पूजाआजा भने बमोजिम विधिअनुसार गरि गाउलेले उहि मन्दिर बनाई शिला थापना गरेको भन्ने सुन्नमा आएको पाइन्छ ।

बसन्तपुरको मन्दिरमा हाल भने सरकारवाले पनि केही आर्थिक सहयोग गरेको र मन्दीरहरु पनि नयाँ निर्माण गरिएको छ । विषेश गरेर कार्तिक र माघ महिनामा घुईचो लाग्ने मन्दिरमा हिजो सोमबारका दिन करि सयौको हारहारीमा रात्रि बन्ती बाल्ने र उनै थानिमाईको आरधान गर्ने भक्तजनहरु थिए भने आज मंगवारका दिन चितवन गोर्खा लम्जुङ र तनहुँका गरि ६५ फुलको डोली रचढाईको थियो ।

करिब ५८९० जनाको हाहारीमा भक्तजनहरुले दर्शन गरेको मन्दिर आज साचिनै रमणिय हेर्न लायक थियो उक्त मन्दिरमा भानु नगरपालिकाकी उपप्रमुख आशा थापाले पनि दर्शन गरेकी थिईन । थापा बसन्तपुर बासी हुन ।

तस्वीर : मनोज कुमार श्रेष्ठ/रेडियो छिम्केश्वरी

Image may contain: 3 people, people standing

Image may contain: 3 people, including Ram Chandra Poudel, people smiling, people sitting and childImage may contain: Ram Chandra Poudel, crowd and outdoor

प्रतिक्रिया