चलचित्र कलाकार संघ द्वारा उपराष्ट्रपति श्री नन्द बहादुर पुन संग भेट

इनेप्लिज २०७६ कार्तिक ५ गते ११:२३ मा प्रकाशित


काठमाडौँ : नेपाल चलचित्र कलाकार संघ द्वारा अध्यक्ष रबिन्द्र खड्काको प्रतिनिधित्वमा सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन “पासाङ्ग”संग उँहाकोनै कार्यकक्षमा भेटघाट तथा आउदै गरेको शुभदिपावली, छठ पर्ब र नेपाल सम्बत ११४० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त अबसरमा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, बरिष्ट अभिनेता शिब श्रेष्ठ, सह-कोषाधक्ष्य पवित्रा आचार्य, सदस्यहरु नायक बिशाल बिष्ट, उद्धब प्रशाद भट्टराई, धर्मेन्द्र आचार्य, गोपाल ढकाल छन्दे, गीता नेपाल, पवन खतिवडा,रामेश्वर बुर्लाकोटी, प्रेस संयोजक सुर्य चन्द, कलाकार नारायण प्रधान, राजु शाही र राजेश महर्जन लगायतका पदाधिकारीहरुको टोलिले भेट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त अबसरमा सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुनले चलचित्र कलाकार संघका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनु भएको थियो भने चलचित्र कलाकार संघलाइ आफु बाट हुने सहयोग समेत गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । भेटमा नेपाल चलचित्र कलाकार संघ द्वारा अध्यक्ष रबिन्द्र खड्काले संघले गर्दै आएको कार्य, उदेश्य तथा गतिबिधिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया