सातौ तनहुँ महोत्सम पौष २४ देखि माघ ६ हुने

इनेप्लिज २०७६ कार्तिक ५ गते ६:४३ मा प्रकाशित

इनेप्लिज, तनहुँ दमौली ।

तनहुँको दमौलीमा आगामी पौष २४ देखि माघ ६ गतेसम्म सातौ तनहुँ महोत्सव २०७६ हुने भएको छ । हिजो सोमबार तनहुँ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै अध्यक्ष मानकाजी श्रेष्ठले आर्थिक तथा सामाजिक विकासका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा र्पुयाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।

धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गर्ने हेतुका साथ तनहुँ उद्योग वाणिज्य संघले आयोजन गरेको सातौं तनहुँ महोत्सव –२०७६ मा उत्पादक र उपभोक्ताबिचको सम्बन्ध विस्तार गर्ने, आधुनिक एवं नयाँ प्रविधि र उपकरणबारे जानकारी गराउनेका साथै सांस्कृतिक, धार्मिक, ऐतिहासिक, साहित्यिक पर्यटनका अवसरहरुको पहिचानका लागि महोत्सव महत्वपूर्ण कडि हुने संघले जनाएको छ ।

तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवले सरकारद्वारा घोषण गरिएको नेपाल भ्रमणवर्ष २०२० को प्रवद्र्धनमा टेवा पुग्ने समेत अध्यक्ष श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले थपे, ग्रामीण क्षत्रेका विभिन्न कृषि उत्पादन, हस्तकला, निर्यात योग्य वस्तुहरुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोगका साथै आदिवासी जनजातिका भाषा, धर्म, कला र संस्कृतिको माध्यमबाट आन्तरिक र वाहृय पर्यटकहरुलाई आकषिर्त गर्ने महोत्सवको लक्ष्य रहेको र महोत्सव सञ्चालन स्थलमा व्यपारिक प्रयोजनका लागि एक सय ४० वटा स्टलको व्यवस्था गरिने समेत जनाए छ ।

करिव पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवको चार लाख दर्शकहरुले अवलोकन गर्ने संघले अनुमान गरेको छ भने महोत्सवको मुख्य गतिविधिहरुमा कृषी प्रदर्शनी, हस्तकला प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन, जलबिहार, सांस्कृतिक नमूना ग्राम भ्रमण राखिएका छन ।

प्रतिक्रिया