शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०६:२५
वासिङटन डिसी 19:40

अमेरिकाको चुनाबि मैदानमा भूटानीहरू

इनेप्लिज २०७६ कार्तिक ४ गते २१:१० मा प्रकाशित


आफ्नो जन्मसिद्ध अधिकार कसैले खोसे पनि !
भाषा, धर्म, संस्कार र संस्कृतिमा आगो नै झोसे पनि !!
खुला छ आकाश, खुला छ धर्ती उडेर जाहाँ गए पनि,
मर्दैनन् इच्छा, मर्दैनन् विचार अरूले जति नै ठोसे पनि !!

जहाँ इच्छा शक्ति छ त्यहाँ सहयोग छ, जस्को आँट र हिम्मत छ उसको पक्का सफलता छ। आफ्नो जन्मसिद्ध अधिकार सम्पन्न राष्ट्रबाट बन्चित हामी लाखौं नेपालीभाषी भूटानीको कथा सबैको मनमस्तिष्कमा आलै छ।संसारमा कस्ता कस्ता महान् व्यक्तिहरू, महान् राष्ट्रनायकहरू । महान् नेताहरू आफ्नै जनताले भोट दिएर नै संसार परिवर्तन गर्नमा होमिएका र सफल पनि भएका छन् ।कोहि बेला संसार परिवर्तन र संसारलाई नयाँ दिशातिर डोर्याउन नेतृत्वहरू भोट माग्दै गर्दा र जनताहरू भोट गरिरहेका बेला हामी शरणार्थी शिविरमा प्रतिनिधि, सेक्टर हेड र क्याम्प सचिवलाई भोट लगाउन सिकिरहेका थियौं । आज त्यो समयले परिवर्तन गरेको छ, हाम्रो भाग्य पनि परिवर्तन भएको छ, संसार कै शक्तिशाली राष्ट्रमा भोट लगाउन पाउने भएका छौं । त्यति मात्र होइन भोट माग्ने पनि हाम्रै इतिहासका आलो घाउका पात्रहरू नै छन् ।

सन्दर्भ:-यस पटकको चुनावमा हाम्रा तीन जना नेपालीभाषी भूटानी अग्रजहरूले आफू बसेको सिटिमा सिटी काउन्सिलमा उम्मेदवारी दिनुभएको छ। यो अत्यन्तै खुसी एवं हर्षको विषय हो । जित र हार आफ्नो ठाउँमा छ तर सहभागी बन्नु र बन्न दिनु नै ठूलो कुरा हो । बिभिन्न परिस्थिति अनुसार कोहि बेला बिभिन्न बिषयहरूमा बैचारिक लडाईहरु हुन सक्छन तर समयले त्यसलाई किनार पनि लगाउदैं जानेछ। यो बेला हामी बिच एकता र सहयोगका साथ हौसला र भोटको आवश्यकता छ।वहाँहरूले आफ्नो जिम्मेवारी वहन गरिसक्नुभएको छ र अब पालो हाम्रो हो । कुशल नेतृत्व दिनु र यो प्रतिस्पर्धी समाजमा सफल लिडर बन्ने जिम्मा वहाँहरू कै काँधमा छ । यदि कोहि पनि नेपालीभाषी अमेरिकी उल्लेखित उम्मेदवारको क्षेत्रफलमा हुनुहुन्छ भने कृपया आफ्नो नागरिक अधिकारको सदुपयोग गरौँ । भोट सुरु भईसकेको छ, यो समय तपाईं हाम्रो हो । त्यसकारण सम्पूर्णमा सहयोगको आह्वान गर्दै उम्मेदवारहरूलाई सफलताको निमित्त अग्रिम शुभकामना अर्पण गर्दछु :-

Jay subedi :- city council District -01 Syracus New York
Bhuwan Pyakurel -City council Ward 3 Reynoldsburg Ohio.
AmaDeo Geere -: Atlarge city council Columbia Southcarolina

 

धन्यवाद :-

कमल धिमाल

प्रतिक्रिया