शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०६:१५
वासिङटन डिसी 19:30

नेपालीहरुको घना वस्तीमा भएको टेक्सस ड्यालसमा आँधीबेरी(टोरनेडो),एक लाख घर अन्धकारमय

इनेप्लिज २०७६ कार्तिक ४ गते १०:५९ मा प्रकाशित

अमेरिकाको टेक्सस ड्यालसमा आँधीबेरी बाट एक लाख घर अन्धकारमय भएको छ । गत अक्टोबर २० का दिन आएको राती ९:३० बजे आँधिबेरी (टोरनेडो)आएको थियो ।

अहिले बिहान सोमबार प्रहरीहरु प्रभावित क्षेत्रका घर घर मा गएर मानिसहरुको कतै फसेका हुन् सक्ने भएकोले खोजी गरि रहेका छन् । आंधीले गर्दा ठुला भवन ,रुख तथा बिजुली बत्तीका खम्बाहरु तथा ने चिजहरु भत्किएका र ढलेका छन् ।

घाइते हुनेहरुलाई स्थानीय अस्पतालमा उपचारको लागि लागिएको छ भने ड्यालस को फोर्ट वर्थ क्षेत्रमा निकै क्षति भएको हुन् सक्ने र यसै क्षेत्रमा १ लाख ग्राहकका घरमा बिजुली बत्ति बिच्छेद भएको छ ।

नेपालीहरुको घना वस्तीमा भएको टेक्सस ड्यालसमा आँधीबेरी(टोरनेडो)बाट नेपाली समुदायहरु पनि प्रभावित हुन् सक्ने छन् । ठुलो क्षति भएका बिद्यालय तथा महा बिद्यालय बन्द हुने भएको समेत सिएनएमा समाचार छ ।

प्रतिक्रिया