शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०५:२६
वासिङटन डिसी 18:41

अनेसास् डिसी मेट्रो कमिटिको आयोजनामा दशै तिहार छठ् तथा लक्ष्मी जयन्तीको उपलक्ष्यमा कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ कार्तिक ४ गते १०:३६ मा प्रकाशित

गत अक्टोबर २० का दिन अनेसास् डिसी मेट्रो कमिटिको आयोजनामा दशै तिहार छठ् तथा लक्ष्मी जयन्तीको उपलक्ष्यमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रम अनौपचारिक पारिवारिक वातावरणमा सम्पन्न भएको थियो ! कार्यक्रममा सस्थाले बिगतमा गरेका काम कारवाहीहरुको मुल्यांकन गर्दै आगामी कार्यदिशामा कसरी बढ्ने भन्ने बिषयमा गम्भिर छलफल भयो ।

साथै अनेसास डिसीमा महिला बिभागको गठन गर्न सँस्थाकी महिला उपाध्यक्ष रजनि श्रेष्ठको सँयोजकत्वमा रहने गरी सर्बसम्मतिले समितिको गठन गर्न रजनी श्रेष्ठलाई पूर्ण अधिकार प्रदान गर्ने निर्णय गरियो।

त्यसै गरी युबा तथा विद्यार्थी बिभाग गठनको जिम्मा पुस्करपन्त ,खगेन्द्र थापा र मुकुन्द कोइरालालाई आगामी डिसेम्बर महिना भित्र गठन गरी सक्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो।

भाबी पुस्तामा नेपाली भाषा र सस्कृतिकको चेतना अभिबृद्धि गराई नयाँ आयाम थप्दै कोशेढुङ्गा स्थापित गर्ने हेतुले अभिप्रेरित रहेको सँस्थाका अध्यक्ष भुपनारायण घर्ति मगरले बताउनु भयो ।

उक्त सस्था का कोषाध्यक्ष खगेन्द्र थापाले तीज महोत्सवमा भएको सम्पूर्ण खर्च विवरण पेश गर्नु भएको थियो र त्यसलाई सम्पूर्ण सदस्यहरुले अनुमोदन गर्नु भएको थियो। साथै देउसी भैलो सन्दर्भ मा उपाध्यक्ष पुस्कर पन्तको नेतृत्वमा समिति गठन गरि देउसी भैलो खेल्ने निर्णय गरियो।

डि सी क्षेत्रकै महान र गौरवशाली महापुराणको आयोजक बनी उक्त कार्यक्रमसफल पार्न मन बचन् र कर्मले उपाध्यक्ष अरुण रुपाखेतिले गर्नु भएको योगदानको उच्च मूल्याङ्कण गर्दै उहाँलाई सँस्थाको तर्फबाट सम्मान गरियो।

निबर्तमान अध्यक्ष राम प्रशाद खनाल,अध्यक्ष भुपनारायण घर्तिमगर, विद्वान डाक्टर रघुनाथ अर्याल, बिओटिका उपाध्यक्ष पुरू सुबेदी , पूर्व अध्यक्ष प्रकाश नेपालले सम्मान पत्र प्रदान गर्नु भयो ।

साथै बेद बेदान्तका ज्ञाता डा रघुनाथ अर्यालले महाकबि देबकोटाको तस्बिरमा माल्यार्पण गरी देवकोटाको जीवनी र कृति माथि प्रकाश पार्नु भएको थियो ।

गीत गजल र कबिता को सम्मिश्रणले भरीपूर्ण उक्त कार्यक्रम पुस्कर पन्त ले सन्चालन गर्नु भएको थियो। अनेसास् बिओटि का उपाध्यक्ष पुरु सुबेदी ,कल्पना सुबेदी ,प्रकाश नेपाल गोमा न्यौपाने, रजनि श्रेष्ठ ,रबिन्द्र श्रेष्ठ, निरा शर्मा ,सकुन्तला अधिकारि ,मन थापा ,रोजा ओली ,निलकन्ठ सुबेदी , रामप्रसाद खनाल , भुपनारायण घर्तिमगर, रामशरण हुमागाँई, कबिन्द्र सिटौला, मुकुन्द कोईराला सुनिता खत्री लगायतले कविता वाचन गर्नु भएको थियो।

कविता वाचन पश्चात सँस्थाका महासचिव मुकुन्द कोईरालाले बैठकमा एजेण्डाहरू प्रस्तुत गर्नु भएको थियो ।

बैठकले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिलाई चिनाउन फलाउन तथा फुलाउन समाजका हरेक सदस्यहरू संग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत जनाएको महासचिव मुकुन्द कोईरालाले बताउनु भयो।

उक्त कार्यक्रम अत्यन्तै सौहार्द एवं सभ्य तवरले सम्पन्न भएको थियो।

प्रतिक्रिया