दक्षिण एशियाली साहित्य सम्मेलन सम्पन्न

इनेप्लिज २०७६ कार्तिक ४ गते ०:४८ मा प्रकाशित

इनेप्लिज विशेष प्रतिनिधि । २० अक्टोवर, नयाॅं दिल्ली । तीन दिने दक्षिण एशियाली साहित्य सम्मेलन नयाॅं दिल्लीमा सम्पन्न भएको छ । १८ अक्टोवरका दिन विहान इण्डिया इण्टरनेशनल सेण्टर नयाॅं दिल्लीको सिडी देशमुख अडिटोरिएममा समुद्घाटित सम्मेलनमा पाकिस्तान वाहेक नेपाल, भारत, वॅंगलादेश, मालदिभ्स, अफगानिस्तान, श्रीलंका र भूटानका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा अफगानिस्तानका गुल आगा अहमदी, वंगलादेशका डा. सेलिना हुसेन, भुटानका डा. रिन्जिन रिन्जिन, भारतकाडा. के.एस. राव, श्रीलंकाका डा. सुनिल सरथ परेरी तथा नेपालका भीष्म उप्रेतीले विभिन्न पत्रहरू प्रस्तुत गरेका थिए ।

उद्घाटन सत्रमा वंगलादेशका प्रोफेसर मोहमद नरूल हुदा, मालदिभ्सका असरफ अलि तथा भीष्म उप्रेतीलाई सार्क लिटरेचर अवार्ड प्रदानगरिएको थियो । सो अवसरमा विभिन्न पुस्तकहरू विमोचन गरिएका थिए ।

सो सम्मेलनमा नेपाली साहित्यकारहरू भीष्म उप्रेती, स्नेह सायमी, अश्विनी कोइराला, भावना पोखरेल, सुमन वर्षा, रंजना निरौला, रूपसिं भण्डारी तथा गोविन्द गिरी प्रेरणा सहभागी भएका थिए ।

३ दिन ३२ सेसनमा सहभागी कविहरूले कविता, गद्य रचना तथा वितारहरू प्रस्तुत गरेका थिए । ३२ सेसनको अध्यक्षता ३२ जनासहभागीहरूले गरेका थिए जसमध्य नेपालका भीष्म उप्रेतीले एक सेसनका अध्यक्षता गरेका थिए ।

प्रतिक्रिया