नेपाली राजनीतिमा अपराधीकरण ,अराजकता र भ्रस्टिकरण

बिरकाजी बस्नेत २०७६ कार्तिक ३ गते २:४९ मा प्रकाशित

बिरकाजी बस्नेत । देश र समाजको भबिस्य र गन्तब्य देखाउने नितिको पनि मुलनिती राजनीतिमा पात्र हरु कुन उद्धेस्य र कती अबधी सम्म सकृय रहने भन्ने सबाल आफ्नो ठाउमा छ । अन्तत राष्ट्र सेवा र समाज सेवाको लागि ब्यक्तिगत स्वार्थ र पारिबारिक स्वार्थ त्यागी समर्पित हुने कि सुख सयल सुबिधाको उपभोगमा सहजता ल्याउन राजनीति गर्ने भन्ने फरकपन छुट्टीनु जरुरी छ । नेपाली राजनीतिमा लागेका केही पात्र ,प्रवृति र तिनका अनैतीक र अराजक चरित्र र जनअनुमोदन लाई हेरौ । नेपालमा राज्य ब्यबस्था परिवर्तन शान्तीपूर्ण जनसहभागीता र हिंसात्मक क्रान्ति दुबै तरिकाले भएका छन । बिभिन्न कालखण्डमा राजनीतिक ब्यक्तित्वहरु अराजक र अपराधमा संलग्न रहेको सुची लामै छ । केही पात्र र घटना हेरौ । पहिलो संबिधान सभा चुनावमा हत्या अपराधीको फरार र खोजी सुचिमा रहेका एक बब्बन सिंह भन्ने पात्र वारेसनामा मार्फत सभासद उम्मेद्वार बनी नजितेमा झुण्डिएर मर्ने भन्दै पम्लेट र पासो प्रचार गर्दै हिंडेर स्वतन्त्र स्वतन्त्र सभासदको रुपमा बिजयी भएका थिए । यहाँ उनको अपराधकर्म लाई राजनीतिले सुनपानी छर्कने काम भयो ।

उनलाई मतदाताले डर ,कर ,प्रलोभन के कारणले प्रतिनिधि बनाए प्रश्न आफ्नो ठाउमा छ । बिगतमा सांसद र मन्त्री सम्म भएका अर्का पात्र श्याम सुन्दर गुप्ता अपहरण काण्डमा संलग्न र दोशी ठहर भएकाले अहिले जेल जिबन काटी रहेका छन । हुनत धेरै पहिले महेन्द्र मोरङ क्याम्पस विद्यार्थी चुनावमा दोहोरो झडप हुंदा अर्का बिद्द्यार्थी फडिन्द्र तिमील्सिना लाई गोली हानी मारेको अभियोग लागेका बिजय कुमार गच्छेदार देशको करिब १३ पटक सम्म मन्त्री र उप प्रधान मन्त्री बनेका र हाल पनि राजनीतिको केन्द्रमा नै छन । बहुदल आएको केही बर्षमै ललितपुर पुल्चोक क्याम्पसमा भएको विद्यार्थी झडपमा ने बि संघका विद्यार्थी भरत देव्कोटा खुकुरी काण्डमा मारिए र यस घटनामा एक अर्कामा दोसारोपण भएको थियो । एक पक्ष रुप नारायण श्रेठलाई दोशी मान्थ्यो भने अर्को पक्ष मोहन कारांजित ब्यक्ती उक्त वारदातमा संलग्न रहेको कुरा गर्थ्यो । सर्लाहिका खोभारी राय र नबलपरासिका मिर्जा दिल साद्बेग नाता संबन्धका पनि थिए र दुबइको पृष्‍ठभुमी अपराधीक थियो र चुनाव पनि बल ,डर धम्किका साथ जित्ने गर्थे । अझ मिर्जा दिल सादबेग त कुख्यात अन्डरवर्ल्ड दाउद इब्राहिमको संजालमा आबद्ध थिए र आफ्नो सुरक्षाको लागि राजनीतिको साहारा लिइ फरक फरक पार्टिमा प्रबेश गर्दै चुनाव जिती मन्त्री बन्दथे । उनलाई पछी बिरोधी अन्डरवोर्ल्ड समुह छोटा राजन समुहले पेसेवार अपराधी प्रयोग गरी काठमाडौंमा उनको हत्या गरी दिए । त्यो बखत उनी रा प्र पाका नेता ,सांसद र मन्त्री सम्म भएका थिए । रौतहटमा तत्कालिन फोरम र माओवादी कार्यकर्ता बिच कार्यक्रमको मन्च प्रयोगलाई लिएर बिबाद भयी झडप हुंदा २८ जना माओवादी कार्यकर्ताको लखेटी लखेटी निर्संस पूर्वक हत्या गरियो । जम्मा ५६ जना सम्मको ज्यान गएको भनिएको यस् काण्डका जिम्मेवार उपेन्द्र याधवले सहजै ,कानुनी ,राजनितिक र सामाजिक क्लिन चिट पाए । उज्वन श्रेष्ठको हत्यामा अदालतले दोशी ठहर गरी सजाय सुनाएका र एक पटक ओखल्ढुङ्गा २ न क्षेत्र बाट सभासद भएका नेता बाल कृष्ण ढुंगेल केही समय मात्र जेल जिबन बिताएर हाल राजनीतिक निर्णयबाट छुटेका छन । त्यस्तै पहिलो संबिधान सभा चुनावमा आत्मारक्षाको लागि बिकल्प नभएको भन्दै दाङमा कांग्रेस नेता खुम बहादुर खड्काले चारपांच जना जती थारु युबाको गोली हानी हत्या गराएका थिए । पछी घुस काण्डमा पक्राउ पारी केही समय जेल जिबन बिताएका उनी यस् काण्डमा दोषी हुनु परेन ।

रामहरी श्रेष्ठको हत्या गरेको आरोप लागेका तत्कालिन माओवादी शक्तिखोर सिबिरका कमाण्डर रहेका काली बहादुर खामले पनि अहिले सम्म कुनै कानुनी दायित्व लिनु परेको छैन । बहु चर्चित टिकापुर हत्याकाण्ड को आरोप लागेका ब्यक्ती रेसम चौधरी केही समय भारत बसी वारेस मार्फत चुनावमा भाग लिएर निर्बाचित भएका भए पनि हाल थुनामा रहेका छन । एक पटक बाहिर निकाली उनलाई सांसद्को सफत पनि खुवाइयो र पुन जेल जिबनमा छन । उनी माथिको आरोप लाई लिएर केही स्थानीय थारु युबा नेता र अन्यले पनि राज्य सँग असन्तुस्टी जनाइ रहेका छन । तर उक्त हत्या काण्डको पनि राजनीतिकरण गरिएको छ । ने क पा डबल्का नेता हरु सुर्यमान दोङ र अग्नी सापकोटा लाई पनि अर्जुन लामाको हत्याको अभियोग लागेकै छ । एक थरी युद्धको समयको मुद्धा लाई सत्य निरुपण र मेलमिलाप आयोग मार्फत हेरिनु पर्ने र अर्का थरी संबैधानिक अदालत बाट निरुपण गरिनु पर्ने तर्कमा छन ।

हाल सालै सभामुख पदमा बहाल रहेको अवस्थामै एक महिला कर्मचारी माथि विवाहत्तोर सम्बन्ध राखेको र बलत्कार प्रयास गरेको अभियोग लागेका कृष्ण बहादुर महारा सभामुख पद गुमाइ पुर्पक्षका लागी थुनामा छन । यद्दपी उनको नाम यस् अघी लडाकु सिबिर भ्रस्टचार ,चाइनिज ब्यापारी सँग ५० करोडको डिल र सुनकाण्डण्डको सानो माछामा मुछिएको थियो । त्यस्तै नेपाली कांग्रेससका प्रजातान्त्रिक योद्धा सेख इद्रिस्का भतिजा मोहम्मद आलम उनको सेख पछी राजनीतिमा आएर पटक पट्क सांसद र मन्त्री भएका भए पनि ६४ सालको पहिलो संबिधान सभा चुनाव जित्न २३ जना स्थानीयलाई इट्टा भट्टाको चिम्निमा हाली जलाएर मारेको अभियोगमा जेल परेका छन । दोलखाका सांसद पर्बत गुरुङ लाई पनि हत्या उद्ध्योगको आरोपमा पुर्जी काटिएको छ । जनकपुरको एक धर्नामा बम बिस्फोट गराइ ५ जनाको ज्यान लिएको अभियोगमा टक्ला भनिने सञ्जय शाह जन्मकैद सजाय भोगी रहेका छन । उनी एक मधेस केन्द्रित दल सँग आबद्द थिए । मधेस आन्दोलनमा घाइते भएर उपचारको लागि एम्बुलेन्समा हालेर लगिदै गरेका एक जना सुरक्ष्या कर्मिलाई बाटोमा घेरा हाली थुतेर खेतमा मार्ने एक जना मधेसी नेता हाल प्रदेस २ मा मन्त्री छन । त्यस्तै सिराहामा काङ्रेस लोक प्रिय नेता चन्द्र नारायण याधव र अर्का रा प्र पा नेता कृष्ण चरण श्रेष्ठलाई गोली हानी हत्या गरियो ।

त्यस्तै एक समय कास्कीमा कांग्रेस नेता महादेब गुरुङ्ले कर्मचारी माथि हातपात गरेका थिए । त्यस्तै तत्कालिन माओवादी नेता मातृका याधव आफु मन्त्री भएकै बखत एक कर्मचारी लाई सौचालयमा थुन्ने आदेस दिएका कारण नकरात्मक चर्चामा आएका थिए । तत्कालिन फोरम लोकतान्त्रिक नेत्री कारीना बेगम मन्त्री भएका बखत पुरानो गाडी आफ्ना लागि पठाएको भन्दै सि डि ओ माथि हातपात गर्न पुगेकी थिइन । हालै रा ज पा सांसद प्रमोद शाहले बुद्ध एयरले उडान ढिला गरी धेरै बेर कुर्न लगाएको भन्दै काउण्टरमा तोड्फोड्मा उत्रेका थिए र हाल उनी पुर्पक्षका लागि जेल चलान भएका छन । धान दिवसमा रोपाइ गर्ने क्रममा स्थानीय महिला माथि असहज हात पात र अंक्माल काण्ड्मा तत्कालिन एमाले कृषि मन्त्री हरी पराजुली मन्त्री पद गुमाउन पुगेका थिए । गुण्डागर्दी र चन्दा असुली र हत्याकाण्डमा डन भनी चर्चा कमाएका दिपक मनाङे र कुमार लामा हरु पनि नेता गिरी गरिरहेका छन । त्यस्तै कांग्रेस युबा नेताको रुपमा चर्चा कमाएका र सभासद पनि भएका रामहरी खतिवाडा पनि रोलेक्स घडी चोर काण्डमा नाम जोडीन पुगे । कैलाली ५ का सांसद नारद मुनी राणा लगायत अरु केही रातो पासपोर्ट दुरुपायोग र बिक्री काण्डमा मुछिए भने कर्णाली प्रदेश सांसद खड्का बहादुर खत्री केक बाउन्स काण्डमा थुनामा छन । फोरम सांसद हरी नारायण रौनियार ठेक्कापट्टा काण्ड र भ्रस्टाचारमा परेका छन । करिब ७८ जना निर्बाचित जन प्रतिनिधि हरु प्रहरी अनुसन्धानको दाँयारामा छन भनिएको छ । छुटपुट र भुल्चुक छुट्कारा माफिको याचनाका साथ ।

प्रतिक्रिया