शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०५:२७
वासिङटन डिसी 18:42

कोलोराडोको लङमन्ट शहरमा देउसी भैलो कार्यक्रमको आयोजना हुदै

नातिबाबु भट्ट २०७६ कार्तिक २ गते २२:१४ मा प्रकाशित

नेपालीहरुले दोश्रोे महान चाड तिहारको अवसरमा कोलोराडो निवासी नेपाली समुदायले देउसी भैलो खेल्ने भएका छन् ।कोलोराडोमा कृयासिल नेपाली घर, लङमन्ट हिमालयज् लायन्स क्लब संयूक्त आयोजना अक्टोवर २६ सनीबार सांझ ७ बजे देखी १० बजे सम्म लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टमा देउसी भैलो खेलीन लागेको हो ।

बिशेष गरि नया“ पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जानाकारी गराउन तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषँ र संस्कृतीको पहिचान गराउन कार्यक्रम आयोजना गरिन लागिएको र यस्ता कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउने नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठले बताएका छन् ।

देउसी, भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्य मान्य, कलाकार, पत्रकार, बुद्धि जिवी, ब्यापारी तथा सर्बसाधारण सबैलाई आमन्त्रण गरिएको छ । हाम्रो धर्म, संस्कृती संरक्षण र पहिचाहन गराउन पाईने यस्तो अवसरमा, आयोजकहरुले सकेसम्म सबैलाई आ–आनो जातीय पहिरन लगाई, बाल बलिकाहरुलाई पनि सहभागी गराई संस्कृती सिक्ने र सिकाउने बताबरण बनाई दिनु हुन आग्रह गरेका छन् । छुट्टै जातीय पहिरन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन हिमालयज् लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठले सबैलाई अनुरोध गरेका छन् ।

 

कोलोराडोमा नेपाली घर र लङमन्ट हिमालयज् लायन्स क्लबको संयूक्त आयोजना नेपालीहरुको भाषा, संस्कृती , रिती रिवाज, तथा भेष भुषाको संरक्षण, सम्बर्धन र पहिचान गराउने उद्धेश्यको साथ हरेक बर्ष देउसी भैलो लगायत बिभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना हुदै आएको छ ।

प्रतिक्रिया