एनआरएनएको प्रारम्भीक नतिजामा कतै आचार्य, कतै पन्त अगाडि

इनेप्लिज २०७६ कार्तिक १ गते १२:५५ मा प्रकाशित

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रारम्भीक नतिजाअनुसार नेपाली कांग्रेस निकटका अध्यक्षका उम्मेदवार कुल आचार्य अगाडि देखिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका उम्मेदवार कुमार पन्त प्रारम्भीक नतिजामा पछाडि देखिएका छन् ।

निर्वाचन समितिका संयोजक शिव रिजालका अनुसार अफ्रिकामा कुमार पन्तले ८ मत पाएका छन् । कुल आचार्यले ७ मत पाएका छन् ।

ओसियानामा भने कुल आचार्यले १११ र कुमार पन्तले ९३ मत पाएका छन् ।

निर्वाचन समितिका संयोजक शिव रिजालका अनुसार १६ सय मत गणना भएको छ । अझै सात सय मत गणना गर्न बाँकी छ । स्राेतका अनुसार १६ सय मत गणना भएकाेमा कुमार पन्त अगाडि रहेका छन् ।

‘१६ सय मत गणना भइसकेको छ । यो मत गणनाको नतिजा केही समय पछि सार्वजनिक गर्ने छौँ’, उनले भने, ‘अन्तिम नतिजा आउन ३–४ घण्टा लाग्न सक्छ ।’ स्रोतका अनुसार ८ सय मत गणनामा कुमार पन्त अगाडि रहेका छन् ।

प्रतिक्रिया