सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ

इनेप्लिज २०७६ कार्तिक १ गते १२:५३ मा प्रकाशित

सुर्खेत, १ कात्तिक । कञ्चनपुरको वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नम्बर ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा छन्।

पीडित बालिकाले आइतबार दिएको जाहेरीका आधारमा आरोपी सबैलाई पक्राउ गरी अनुसन्धान शुरु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयले आरोपीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको लागि म्याद थप गरिसकेको छ।

ती बालिकाले प्रहरीलाई दिएको जाहेरीमा आफूलाई उनीहरुले पालैपालो असोज १५, १६ र २३ गते एक पटक चार जनाले र अर्को पटक दुई जनाले करणी गरेको उल्लेख छ।

जाहेरी परेलगत्तै आवश्यक प्रमाण सङ्कलन र आरोपीलाई पक्राउ गरी अनुसन्धान थालिएको रावलले बताए।

प्रतिक्रिया