विवाद हुँदा सिन्धुपाल्चाेकमा एक जनाकाे हत्या

इनेप्लिज २०७६ कार्तिक १ गते १२:४९ मा प्रकाशित

चाैतारा, १ कात्तिक । सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५, गुन्सामा बिहीबार राति एक जनाको हत्या भएको छ ।

हत्या हुनेमा सोही ठाउँका विजय गोले रहेको सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् ।

सामान्य विवाद उनको हत्या भएको प्रहरीको अनुमान छ । हत्या गर्ने वर्ष २३ का मिलन स्याङ्बो र वर्ष २४ का बमबहादुर स्याङबो रहेका छन् ।

हत्यामा संलग्न उनीहरू फरार भएका छन् । मृतकको शव इलाका प्रहरी कार्यालय मेलम्ची ल्याइए प्रहरीले जनाएको छ ।

हत्या गरी फरार भएका व्यक्तिको खोजिकार्य तिव्र पारिएको प्रहरीले जनाएकाे छ । बिहीबार रातिदेखि नै प्रहरी परिचालन गरि सबै नाकामा सतर्क गराइएको छ । हत्यामा संलग्नहरू पाँचपोखरी गाउँपालिका वरिपरि नै लुकेको आशंका गरिएको छ ।

प्रतिक्रिया