गैरआवासीय नेपाली संघकाे अध्यक्षमा पन्त निर्वाचित

इनेप्लिज २०७६ कार्तिक १ गते १२:४८ मा प्रकाशित

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । उनी कुल आचार्यलाई पराजित गर्दै आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन् । पन्तले अध्ययनका सिलसिलामा वेल्जिमय हुँदै जर्मनीमा होटलमा काम गरेका थिए ।

अहिले जर्मनीमा उनी र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेको लगानीमा तीन दर्जन होटल संचालनमा छन् ।

मध्यपूर्वका गैरआवासीय नेपालीहरुलाई मिलाउन नसक्दा आचार्य हारेको विश्लेषण गरिएको छ । आचार्य नेपाली कांग्रेसका आधिकारिक उमेद्वार हुन् भने पन्तलाई गगन थापाले समर्थन गरेका थिए ।

प्रतिक्रिया