गायक गजेन्द्र लिम्वुको आवाजमा “ शुभ कामना “गीतको भिडियो सार्वजनिक

इनेप्लिज २०७६ कार्तिक १ गते ११:१८ मा प्रकाशित

आर पोखरेल , काठमाडौँ

प्रसाद डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका सुनिता थेगिम र गायक गजेन्द्र लिम्वुको आवाजमा “ शुभ कामना “गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक पनमा आधारित रहेको गीतमा नेपालीहरुको महान पर्व हरितालिका पर्वले आपसी रुपमा सदभाव र भातृत्वको भावना जागृत रहोस भन्ने कामना गीतमा रहको छ । मौलिक बाजा र मौलिक भेष भुषालाई गीतमा प्रयोग गरिएको छ । निकै आकर्षक रुपमा तयार परिएको गीतमा अर्जुन थापाको शब्द तथा गजेन्द्र लिम्बुको संगीत रहेको छ । सुशिल डाँगीको छायाँकन , हिमाल सागर हिमाङको सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ ।

प्रतिक्रिया