चितवनको प्रहरी कार्यालय भित्र रक्सीका बोतल, तस्बिर खिच्ने पत्रकार नियन्त्रणमा

इनेप्लिज २०७६ असोज ३० गते २१:४२ मा प्रकाशित


शिशिर सिंखडा, चितवन, असोज ३०।

जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी हाता भित्र जथाभावी रुपमा फालेका मदिराका बोत्तल खिचेको भन्दै पत्रकारमाथि दुब्र्यवहार भएको छ । आज दिउँसो प्रहरी कार्यालय पुगेका नारायणी अनलाइन तथा न्युज २४ मा आबद्ध पत्रकार केदार शर्मा र भण्डाफोर अभियानका पत्रकार सूर्य बरालमाथि दुब्र्यवहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय संवेदनशील क्षेत्र भएको भन्दै छरपस्ट फालिएका मदिराको बोत्तल खिच्न प्रहरीको अनुमति चाहिने हुनाले अनुमति बिना तस्बिर खिचेकोले नियन्त्रणमा लिएको चितवन प्रहरीको भनाइ छ । पत्रकारलाई प्रहरी कन्ट्रोलमा आधा घण्टासम्म बन्धक बनाइएको थियो ।

त्रकारद्वय शर्मा र बराललाई प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद सिलवालले नियन्त्रणमा लिएका थिए । पत्रकारहरुले मदिराका बोत्तल छरपस्ट देखेपछि समाचार संकलनको लागि खिच्छौ भनेको भए अनुमति नपाइने भएकोले खिचिएको बताएका छन् ।

अनुमति बिना मदिराको बोत्तल खिचेको भन्दै समातेर कन्ट्रोल रुममा राखेको पत्रकार शर्मा र बरालको भनाइ छ । जिल्ला प्रहरी कार्यलय चितवनको क्यानटिनसँगै रहेको शौचालबाट फर्किने क्रममा यत्रतत्र छरिएको मदिराका बोत्तलहरु खिचेको भन्दै नियन्त्रणमा लिन परेको प्रहरी नायब उपरीक्षक शालिकराम पौडेलले बताए । पौडेलले प्रहरी कार्यलयभित्र जस्तो सुकै अनैतिक गतिविधि भए पनि अनुमतिबिना फोटो तथा भिडियो लिन नपाइने बताए ।

हरी कार्यालयभित्र ड्युटी समय भन्दा बाहिर रहे पनि मदिरा पिउन पाइँदैन् तर जिल्ला प्रहरी कार्यालय चितवनमा भने मदिराका बोत्तलहरु छरपस्टै देख्न सकिन्छ । अझ यस विषयमा डीएसपी पौडेलले भने ड्युटी समयभन्दा बाहिर प्रहरीले पनि अन्य नागरिकले सरह मदिरा पिउने आशय ब्यक्त गरे ।


प्रहरीको हाताभित्र रहेको स्थानमा ओल्ड दरबार, रुसलान भोडका, टुबोर्क क्यान बियरलगायतका महंगा मदिराका बोत्तलहरु छरपस्ट छन् । त्यति मात्र होइन कार्यालय भित्रबाट निस्केको फोहोर समेत भित्रै जलाइने गरिएको छ । कार्यालय भित्र मदिरा सेवन गरेर अन्य फोहोरसँगसँगै ल्याएर मदिराका बोत्तल फालिको फोहोर देख्दै प्रस्ट हुन्छ ।

प्रहरी कार्यलयभित्र कसले कहँबाट महंगा महंगा ब्राण्डका मदिरा सेवन गरेको भन्ने विषयमा भने कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्ल आफू जानकार नरहेको भन्दै पन्छिन खोजे ।

प्रतिक्रिया