एनआरएन प्रतिनिधि जेलबाट छुटेका कैदी झैं

अनिलभक्त खरेल २०७६ असोज ३० गते २१:२० मा प्रकाशित

अनिलभक्त खरेल । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले एकताका भनेका थिए नेपालीले चान्स पायो भने गर्छ जुन कुरा विदेशमा बसेका नेपालीहरुले आफ्नो जन्मभुमिमा एनआरएन सम्मेलन मार्फत पुष्टि गरिदिए । विदेशमा बस्दा कडा अनुसाशनमा बस्नु परेकाहरु नेपाल जाँदा जेलबाट भर्खर छुटेका कैदीहरुझै देखा परे र त्यस्तै व्यहोरा देखाए । उनीहरु मातृभुमिको भौतिक सम्पत्ति तोडफेड गर्नेदेखि गुण्डागर्दीसम्म उत्रिए जस्ले गर्दा विदेशमा बस्ने ८० लाख नेपालीहरु लज्जित हुनु परेको छ ।

आफुहरु विदेशमा बस्दा विदेशको उदाहरण दिंदै नेपालभित्रको बेथिति, अनुसाशसनहीन, अन्याय, अत्याचार, भ्रष्टाचारबारे सामाजिक सञ्जाल मार्फत चर्को आलोचना गर्नेहरुले विदेशमा बसेर चाँही के सिकेछन् भन्ने कुरा एनआरएनको नवौं सम्मेलनमा विभिन्न देशबाट नेपाल गएका प्रतिनिधहरुले देखाएको तमासा लाजमर्दो, अमर्यादित र निन्दनीय छ । यसको घोर भत्र्सना गर्दछु । यस घटनाले कुकुरको पुच्छर १२ बर्ष ढुङ्ग्रोमा हालेपनि बाङ्गाको बाङ्गै भने झैं बिदेशमा जति वर्ष बसेपनि नेपालीहरुको बानी व्यहोरा जस्ताको तस्तै देखायो ।

यस घटनाले कुकुरको पुच्छर १२ बर्ष ढुङ्ग्रोमा हालेपनि बाङ्गाको बाङ्गै भने झैं बिदेशमा जति वर्ष बसेपनि नेपालीहरुको बानी व्यहोरा जस्ताको तस्तै देखायो ।

हैनभने यही बेलामा आफुसंग भएका बौद्धिक योग्यता, सीप, दक्षता, क्षमता देशहितको लागि किन प्रस्तुत गर्न सकेनन् चिन्ताको विषय छ । किन आर्थिक सहयोग गर्न सकेनन् विपन्न परिवारलाई ? सोचनीय छ । के यसैको लागि नेपाल छनौट गरिएको हो सम्मेलनको लागि ? जाबो एउटा विद्युतीय भोटिंग मेसिन समेत व्यवस्था गर्न नसक्ने एनआरएनले के चाँही गर्ला चिन्ताको विषय छ ।

हुन त पदबिना भोक, प्यास, निन्द्रा समेत नलाग्ने केही नेपालीहरु विदेशमा पहिलो पाइला टेक्ने बित्तिकै संघ संगठन खोल्नतिर लाग्छन् । २।३ घर नै किन नहोस् उनीहरु एउटा न एउटा नाम दिएर संस्था खोलीहाल्छन् ।

२।३ घर नै किन नहोस् उनीहरु एउटा न एउटा नाम दिएर संस्था खोलीहाल्छन् ।

जातीको नाममा, भाषीको नाममा, जिल्लाबासीको नाममा, पार्टी विचारधारको नाममा मात्रै हैन कि पछिल्लो समयमा त एउटै थरको नाममा समेत संस्था खोलिन थालेका छन् तर बिडम्वना सबै नेपाली अटाउने संगठन अझसम्म खोलीएका छैनन् ।

१६ वर्ष अगाडि स्थापना भएको एनआरएन चाँही विगतमा हो कि जस्तो थियो तर अहिले आएर त्यो पनि भ्रम रहेछ । राजनीतिक आस्था भएकाहरुले एनआरएनभित्र उनीहरुकै राजनीतिक आस्था लाद्न खाजेपछि आम गैर आावासीय नेपालीहरुमा वितृष्णा जाग्दैछ ।

राजनीतिक आस्था भएकाहरुले एनआरएनभित्र उनीहरुकै राजनीतिक आस्था लाद्न खाजेपछि आम गैर आावासीय नेपालीहरुमा वितृष्णा जाग्दैछ ।

यसरी राजनीतिक आस्था भएकाहरुले उनीहरुकै राजनीतिक आस्था लाद्न खोजेपछि के फरक रह्यो र कांग्रसको जनसम्पर्क समिति, कम्युनिष्ठको प्रवासी नेपाली मञ्च तथा एनआरएनमा ? विदेशमा आएको लामो समय भएपनि नेपालको नशाबाट नउत्रिएकाहरुले आफ्नो श्रमलाई ढाकछोप गर्दै नेपालमा झैं आफुलाई संचारकर्मी, पत्रकार, कलाकार, साहित्यकार, पार्टीको पदाधिकारी सम्झिएर एनआरएनमा सक्रिय भएपछि एनआरएन यस्तो अवस्थामा आएको हो भन्दा अत्युक्ति नहोला ।

यसरी राजनीतिक पार्टीका झुण्डहरु बसेर राजनीतिक गर्ने थलो बनाएपछि एनआरएनप्रति सबैको बितृष्णा जाग्नु त स्वभाविकनै हो । कतै त्यही तत्वहरुले एनआरएनलाई मागीखाने भाँडो त बनाइरहेका छैनन् भन्ने अहिले ठुलो प्रश्न चिन्ह खडा भएको छ एनआरएनमा लाग्नेहरुका लागि ?

कतै त्यही तत्वहरुले एनआरएनलाई मागीखाने भाँडो त बनाइरहेका छैनन् भन्ने अहिले ठुलो प्रश्न चिन्ह खडा भएको छ एनआरएनमा लाग्नेहरुका लागि ?

यसरी आफ्नो  हैशियत र क्षमता भुलेर हावा तालमा नेपालका राजनीतिक पार्टीका पछाडि लागेर सपनाको महल बनाउन तल्लिन एनआरएन प्रति विदेशमा बस्ने आम नेपालीहरुको खास चासो छैन ।

एनआरएनप्रति विदेशमा बस्ने नेपालीहरुको मात्र हैन कि नेपालमा रहेका नेपालीहरु र सरकारले पनि चासो दिएका छैनन् । जुन पुष्टि समेत भैसकेको छ । यदि चासो दिएको हुन्थ्यो भने चिनिया राष्टपति आउँदा बनाइएका ३ दिने विकासलाई १० दिने बनाउन सक्थ्यो । चिनिया राष्टपतिको विदाइसंगै सडकका दायाँ बायाँ रहेका सजिसजावट हटाइने थिएनन् । राष्टपतिले कार्यक्रम उद्घाटन गर्नु मात्रै ठुलो उपलब्धी हैन । आफ्ना घरका पाहुना आउँदा स्वागत गर्न कन्जुस्याई गर्नेहरुले भोलि भिजिट नेपाल २०२० कसरी सफल पार्लान् त्यो पो चिन्ताको विषय भएको छ ।

अस्तु भर्जिनिया

प्रतिक्रिया