एनआरएनए सम्मेलन : मेसिन विग्रियो, कागजबाट मतदानको तयारी

इनेप्लिज २०७६ असोज ३० गते १०:५१ मा प्रकाशित

काठमाडौं, ३० असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को मतदानका लागि ल्याइएका ३४ वटा मेसिनले काम नगरेपछि मतदान प्रक्रिया कागजी रुपमा नै गरिने सहमति जुटेको छ ।

बुधबार राती मेसिन बिग्रिएपछि मतदान प्रक्रिया रोकी विहीबार विहान १० बजेदेखि गर्ने तय भएको थियो । सो क्रममा एनआरएनएका केही प्रतिनिधिले विरोधमा कुर्सी, गमला तोडफोड गरेका थिए ।

कागजी प्रक्रियाबाट मतदान गर्न केही समय लाग्ने र मतपरिणाम निकाल्न पनि समय लाग्ने जनाइएको छ । यसअघि बुधबार मतदान सकि विहीबार बिहानसम्ममा नयाँ नेतृत्वको घोषणा गरिने तय भएको थियो ।

प्रक्रिया लम्बिँदा शुक्रबार विहानसम्ममा मत परिणाम आउने बताइएको छ । १२ पदमा ४२ जना पदाधिकारीका लागि ७६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया