शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०६:१०
वासिङटन डिसी 19:25

पेलोसी तल्लो दर्जाकी राजनीतिज्ञः ट्रम्प

यादवराज जोशी २०७६ असोज ३० गते ०:२२ मा प्रकाशित

हाउस अफ रिप्रिजेन्टेटीभकी सभामुख न्यान्सी पेलोसीलाई राष्ट्रपति ट्रम्पले तल्लो दर्जाकी राजनीतिज्ञ (थर्ड रेट पोलिटिसियन) भनेर अपमान गरेका छन् । सिरियाको विषयमा छलफल गर्न उनी ह्वाईट हाउस गएकी थिईन ।

हाउसमा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग सुरु भएपछि ट्रम्प निकै रिसाएका छन् । छलफलमा पेलोसीले राष्ट्रपति निकै गलेको टिप्पणी गरेपछि ट्रम्पले पेलोसीलाई तल्लो दर्जाकी राजनीतिज्ञ भनेको हाउसमा बहुमतका नेता चक सुमरले बताए । छलफलमा हाउस र सिनेटमा पक्ष विपक्षका सभासद भएको बेला “ट्रम्पले पेलोसीलाई तल्लो दर्जाकी राजनीतिज्ञ भने,” सुमरले भने ।

सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको निर्णय बुधबार बिहान हाउसमा पराजित भएको थियो । ट्रम्पको यो कदम टर्की र कुर्दिस विद्रोहीलाई सिरियामाथि विजय गर्न मार्ग प्रसुस्त गरेको बताएका छन् । पेलोसीले यहि कुरामा ब्यांग गरेकी थिईन । सभासद स्टेन्दी होयरले पेलोसीको बोईज्जत गर्ने ट्रम्पको कदमको निन्दा गरेका थिए ।

यसैबीच राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग दर्ता भएपछि उनको लोकप्रियता युवामाझ ह्वात्तै घटेको छ । अमेरिकी कलेज र विश्वविद्यालयहरुमा अध्ययन गर्ने युवामाझ गरिएको सर्भेक्षणमा ७३ प्रतिसत युवा महाअभियोगको पक्षमा देखिएका छन् । गत मेको तुलनामा यो संख्या २४ प्रतिसतले बढी हो । संसदीय सर्वोच्चतालाई राष्ट्रपति ट्रम्पले अपहेलना गरेको साथै आफ्ना विपक्षीविरुद्ध विदेशी सहयोग लिने कार्यले युवाहरु रुस्ट भएका हुन ।

स्रोतः एजेन्सीहरु
तस्वीरः गुगल खोज

प्रतिक्रिया