महेश श्रेष्ठ र गौरी जोशी अन्तत आचार्यको प्यानलमा

इनेप्लिज २०७६ असोज २९ गते १२:३६ मा प्रकाशित

काठमाडौं । गैरआवासीय नेपाली संघको मतदान सुरु हुनु केहीबेर अघि मात्रै कुमार पन्तको तर्फबाट कोषाध्यक्षका उम्मेद्धार महेश श्रेष्ठ र सचिवका उम्मेद्धार गौरी जोशी अन्तत कुल आचार्यको प्यानलमा फर्किएका छन् ।

मतदानको समय सुरु हुनु केही बेर अघि मात्रै बुधवार पन्तको समुहबाट श्रेष्ठ र जोशी आचार्यको प्यानलमा फर्किएका हुन् । जसअनुसार श्रेष्ठ आचार्य समुहबाट कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुने सम्भावना बढेको छ भने जोशी सचिवमा प्रतिस्पर्धा गर्नेछन् । श्रेष्ठ जापान र जोशी अमेरिकाको गैरआवासीय नेपाली समुदायमा निकै प्रभावशाली मानिन्छन् ।

श्रेष्ठ आचार्यको प्यानलमा फर्किएसँगै यसअघि अचार्यको समुहबाट कोषाध्यक्षमा उम्मेद्धारी दिएका सोम सापकोटाले आफ्नो उम्मेद्धारी फिर्ता लिएका छन् । गैरआवासीय नेपाली समुदायमा निकै प्रभावशाली मानिने दुई उम्मेद्धार आचार्यको प्यानलमा आएसँगै उनीहरुको टिम थप बलियो बनेको छ ।

प्रतिक्रिया