अर्थमन्त्री खतिवडा अमेरिका प्रस्थान

इनेप्लिज २०७६ असोज २९ गते १०:५६ मा प्रकाशित

काठमाडौं, २९ असाेज । संयुक्त राज्य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री युवराज खतिवडा अमेरिका प्रस्थान गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषअन्तर्गत नेपाल दक्षिणपूर्व एसियाली मतदान समूहको सदस्य भएकाले बैठकमा अर्थमन्त्री खतिवडा सहभागी हुने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीसँग द्विपक्षीय छलफल हुने जनाइएको छ ।

सोही अवधिमा अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुँदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलगायत सहायताका थप क्षेत्र र सम्भावनाबारे छलफल हुनेछ ।

अर्थमन्त्री खतिवडासँगै अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह–सचिव श्रीकृष्ण नेपाल पनि सहभागी हुने जनाइएको छ। अर्थमन्त्री खतिवडा कात्तिक ६ गते स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया