यूरोपका नाममा लाखौं ठगी, कतारमा अलपत्र नेपाली

करिम बक्स मियाँ २०७६ असोज २९ गते १०:२२ मा प्रकाशित
करिम बक्स मियाँ, दोहा, सदा झैं दुतावासका श्रम सहचारी कक्ष पिडितहरुले भरिभराऊ थियो । अधिकांश वैदेशिक रोजगारका नाममा ठगिएका पिडितहरु श्रम सहचारीको कार्यकक्षमा देखिन्थे । भुई तलामा रहेको नरेन्द्र ज्ञवालि मात्र होइन, पहिलो तल्लामा रहेको श्रम कन्सुलर शिवराम पोखरेलको कक्षमा समेत पिडितहरुको घुईंचो देखिन्थ्यो ।

तीनै भिंडमा पोर्चुगल जाने भनेर हिंडेका दुईजना पिडितहरु ज्ञवाली समक्ष आफ्नो पीडा सुनाउँदै थिए ।

पिडितहरुको पीडा सुनी सकेर सहचारी ज्ञवालीले कार्यालयबाट एजेण्टलाई फोन लगाए । ल्याण्ड लाईनबाट र मोबाईलबाट करीव २० पटक एजेन्टलाई फोन सम्पर्क प्रयास गरे, तर एजेन्टले फोन उठाएन र उनले म्यासेज लेखे ‘दूतावासमा तुरुन्त सम्पर्क गर्नु ।’

‘यो मान्छेले दूतावासलाई पटक्कै टेर्दैन’ बिगतमा समेत धेरै उजुरीहरु आएका र एजेन्टले नटेरेको कुरा ज्ञवालीले बताए । ‘कहाँसम्मको फटाहा छ भने तत्कालिन कार्यवाहक राजदुत मणीरत्न शर्माका आफन्तहरुलाई समेत ठगेको उजुरी परेर हामीले दुतावासमा बोलाउँदा आएन’ आजीत भएर दुतावासले कतारमा कृयाशिल बागलुङ सेवा समाजका पदाधिकारीहरुको सहयोगमा दुतावासमा उभ्याउनु परेको ज्ञवालिले बताए ।

पोर्चुगल पठाउने भन्दै करीव १३ लाख रुपैयाँ लिएर कास्की रुपाकोटका रामशरण थापा र चितवन कृष्णपुरका प्रेम बहादुर थापालाई कतारमा ल्याएर एजेण्टहरु सम्पर्क विहिन छन् ।

नेपालदेखि प्यासिफिक ह्युमन रिसोर्सेज मेनपावर मार्फत कतारको मदर कस्ट्रक्सन एण्ड कन्ट्राक्टिङ्ग कम्पनीको भिसामा कतार ल्याईएका पिडितहरु एजेण्टहरु सम्पर्कमा आउन नचाहेपछि दुतावास पुगेका हुन् ।

एजेन्टहरु मध्ये टंक बहादुर थापाले कतारको कम्पनीबाट भिसाको बन्दोबस्त गर्ने, सन्तोष तामाङ भनेर चिनिने कृष्ण तामाङले पैसाको डील गर्ने र नेपालदेखि कतारसम्म मान्छे ल्याएर इब्राहिम शर्मा भनेर चिनिने रामचन्द्र शर्मालाई दिने र शर्माले कतारदेखि पोर्चुगल लगायत युरोपेली मुकुकहरुमा विभिन्न लिंकहरुसित मिलेर कामदार पठाउने गरेको पिडितहरु मार्फत खुलेको हो ।

वोर्किङ्ग भिसामा कतार ल्याएर पिडितहरुलाई कतार स्थित मदर कन्ट्राक्टिङ्ग कम्पनीको आईडी कार्ड (आरपी) दिएर राहदानी र १३ हजार रियाल बुझेपछि मुख्य एजेण्ट रामचन्द्र शर्मा (इब्राहिम) र अर्का एजेन्ट कृष्ण तामाङ(सन्तोष) सम्पर्कमा आउन नचाहेको पिडितहरुले बताएका हुन् ।

बागलुङ जिल्ला जैमिनी नगरपालिका ८ का रामचन्द्र शर्मा(इब्राहिम) चितवन जिल्ला टाँडीका कृष्ण तामाङ(सन्तोष) लामो समयदेखि कतारमा कथित आजाद भिसा लगायत कतारदेखि विभिन्न मुलुकहरुमा मान्छे सप्लाई गर्ने धन्दा गर्दै आई रहेको खुल्न आएको हो ।

वर्किंङ भिसामा कतार आएकाहरु वैधानिक बाटोबाट तेस्रो मुलुक काम गर्न जान पाउने प्रावधान छैन । केही मल्टिनेशनल कम्पनीहरुको हकमा आफ्ना कामदारहरुलाई कुनै तेस्रो मुकुकमा सरुवा गर्न सक्ने भएपनि कुनै एजेन्ट वा एजेन्सी मार्फत त्यस्तो काम गर्न पाउने कुनै प्रावधान नै छैन । अवैधानिक बाटोबाट विभिन्न प्रलोभनमा पारी कतारको बाटो हुँदै तेस्रो मुलुकमा मान्छे पठाउने गिरोहहरु सकृय रहँदै आई रहेका छन् ।

पिडितहरुको भिंड, फितलो राहत:
दूतावासमा दिनहुँ जसो पिडितहरुको भिंड लाग्ने गर्छ, तर पिडितहरुले पिडकहरु खुलेआम घुम्ने गरेको गुनासो गर्ने गरेका छन् । दलालहरुले दूतावासलाई पटक्कै नटेर्ने तथा दुतावासमा गए झन दुख पाउने धम्की दलाहरुले दिने गरेको पिडितहरुको कथन हुन्छ ।

अधिकांश पिडितहरुको एउटै प्रश्न हुन्छ के दलालहरुले भन्ने गरेको जस्तै दूतावास केही होईन त ?

नियोग एक कुटनैतिक नियोगमात्र होईन किनकी यहाँ श्रम र श्रमिक समस्या हेर्ने डेस्कपनि छ । पिडितहरुको भनाई र दलालहरुको अटेरी मानसिकतालाई मनन गर्ने हो भने दुतावास श्रमिकहरुका पिडालाई समाधान गर्न चुक्दै आई रहेको देखिन्छ ।

दूतावासका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने ‘पहिलाका राजदुतहरु अस्थिर थिए, कतिबेला सरकार बद्लिन्छ र फर्किनु पर्ने भन्ने तनाव हुन्थ्यो, तर अहिलेका राजदुतलाई त्यो तनाव छैन’ उनले भने राजदुतले इच्छाशक्ति देखाए र दलालहरुलाई कानुनी दायरामा ल्याउन हिम्मत गरे भने श्रमिक समस्या हल गर्न समय लाग्दैन’ ।

प्रतिक्रिया