शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०५:११
वासिङटन डिसी 18:26

सार्लोटमा दशैं तिहार सांगीतिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ असोज २९ गते १:१६ मा प्रकाशित

 

शिव विष्ट , अक्टोबर १५,२०१९ -नर्थ क्यारोलिना , अमेरिका

अमेरिकाको सुन्दर रानी शहर सार्लोटमा रहेका नेपाली तथा नेपालीभाषी भुटनिज नेपालीहरुले विविध साँस्कृतिक कार्यक्रम गरी दशैँ मनाएका छन्।नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा लभ एण्ड सपोर्ट फाउन्डेसनको आयोजनामा दशैँ-तिहार सांगीतिक बिशेष कार्यक्रम सम्पन्न भएको हो । स्वदेश तथा प्रदेशमा बस्ने नेपालीहरूबीच आत्मियता बढाउँदै, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै आपसमा शुभकामना आदानप्रदान गरी यसपालिको दशैँ मनाउँदा आफुलाई रमाइलो अनुभुति भएको कुरा नेपाल देखि बिशेष अतिथिको रुपमा आउनु भएका बरिष्ठ गीतकार बुद्धबीर लामाले बताउनु भएको थियो । करिब पन्ध्र ओटा जति आफ्ना बहुचर्चित गीतहरुलाई लयात्मक शैलीमा प्रस्तुत गर्दै दर्शकहरुलाई भावनामा डुबाउनु भएको थियो ।
कार्यक्रममा बिशेष आकर्षणको रुपमा नेपाल देखि आउनु भएकी चर्चित गायीका तथा प्राज्ञ सत्यकला राईले ” तिमीलाई हंगकंग पुर्यायो आइडी कार्डले……….. ” ‘ तिमी म संग नबोल्ने अरे ……………” लगाएतका बहुचर्चित गीतहरु प्रस्तुत गर्दा दर्शकहरु उनि संगै झुमेर नाची रहे । सोहि कार्यक्रममा गीतकार बुद्धबीर लामा र गायीका तथा प्राज्ञ सत्यकला राईलाइ लभ एण्ड सपोर्ट फाउन्डेसनका अध्यक्ष मनोज राई , बरिष्ठ गाएक बसन्त खड्का , नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्न्जा ) का केन्द्रिय महासचिव शिव विष्ट, समाजसेवी तथा भुटनिज समाज ,नर्थ क्यरोलिनाका हस्त प्रधान तथा समाजसेवी तथा व्यवसायी संजिव दुलालले नेपाल र भुटानको राष्ट्रिय झन्डा तथा खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए । साथै कार्यक्रममा गाएक मनोज राईद्वारा स्वरबद्ध गरिएको ” मुस्कुराई तिमी …” बोलको गीतलाई समेत प्रथम पटक सार्वजनिक गरिएको थियो । उक्त गीतमा रचना अर्जुन सापकोटा र संगीत प्रथम भुटानी गाएक प्रताप सुब्बाको रहेको छ ।

अत्यन्तै पारिवारिक वाताबरणमा सम्पन्न सो दशैं तिहार सांगीतिक कार्यक्रममा व्यवसायी तथा समाजसेवी माइकल च्याङ्ग , अस्ट्रेलियाबाट आउनु भएका वाई. पी. ढुंगेल बिशेष अतिथिको रुपमा आइ दशैँ तथा दिपावलीको शुभकामना व्यक्त गरेका थिए ।साथै नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्न्जा ) का केन्द्रिय महासचिव शिव विष्टले बिदेशी भूमिमा रहेर पनि नेपाली र नेपाली भाषी भुटनीजहरुलाई विभिन्न साँस्कृतिक कार्यक्रमहरु मार्फत बिगत केहि बर्ष देखि यौटै मन्चमा राखेर नेपाली चाडपर्व र उत्सव मनाउदै आएकोमा गाएक मनोज राई र उहाँको परिवारलाई हार्दिक धन्यबाद ब्यक्त गरेका थिए । विस्टले घरदेश र परदेशमा दु:ख र समस्या पर्दा हामी सम्पूर्ण मूलघरका नेपाली र नेपाली भाषी भुटनीज दाज्युभाई र दिदीबहिनीहरु एकजुट हुन सक्ने शक्ति दुर्गामाताले प्रदान गरुन भनि शुभकामना समेत ब्यक्त गरेका थिए । सो कार्यक्रममा लभ एण्ड सपोर्ट फाउन्डेसन ट्राएड क्षेत्रका संयोजक खर्क बस्नेतले उपस्थित सबैलाई शुभकामना व्यक्त गर्दै भावी दिनहरुमा पनि सबैको साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।

रात्री भोज सहित आयोजना गरिएको सो कार्यक्रममा गाएकहरु बसन्त खड्का ,मनोज राई , केन मैनाली ,लिला सिवाकोटी ,प्रेम राई , नारद राई र गायीकाहरु ललिता प्रधान, माया मिश्र लगाएतले सुमधुर गीत संगीत प्रस्तुत गरेका थिए भने अन्य स्थानीय भाईबहिनिहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरि दर्शकहरुलाई मनोरंजन गराएका थिए ।

प्रतिक्रिया