शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०५:४३
वासिङटन डिसी 18:58

केसी डान्स सेन्टर नेपाली कला संस्कृति चिनाउन अन्य समुदायसंग पुग्दै

इनेप्लिज २०७६ असोज २८ गते २२:४७ मा प्रकाशित

 

डिसी, सन् २०१७ देखि नै “कलिउड नाईट” संचालन गर्दै आएको केसी डान्स सेन्टर नेपाली समुदायको अतिरिक्त अन्य समुदाय संग पुग्ने प्रयासमा रहेको छ ।

गत २०१७ देखि नै दशैँतिहारको अवसरमा डिसी क्षेत्रका नेपाली समुदायलाई भरपूर मनोरन्जन प्रदान गर्दै आएको केसी डान्स सेन्टरले डिसी क्षेत्रमा बसोबास गर्ने भारतीय मूलका समुदाय द्वारा आयोजना गरिएको कार्यक्रममा सहभागीता जनाएको छ ।

बिगत ४/५ बर्ष देखि भारतीय समुदाय द्वारा आयोजित कार्यक्रममा केसी डान्स सेन्टरका बिधार्थी सानाबालिकाहरुले दुर्गा मन्दिरमा आयोजना गरिएको दशैं मेला सांस्कृतिक कार्यक्रममा तीन वटा प्रस्तुतिहरु दिएको जनाएको छ ।

बिगत बर्षमा पनि २-३ वटा प्रस्तुति दिदै आएकोमा आगामी अन्य चाड पर्वमा पनि सहभागिताको लागी निमन्त्रणा अग्रिम रुपमा आई सकेको जनाएको छ । केसी डान्स सेन्टरका संस्थापक नवीन केसीले नेपाली कला र संस्कृतिलाई चिनाउने ,कला र संस्कृति एक आपसमा आदन प्रदान गर्न हामी सदैव तत्पर रहेको जनाएका छन् ।

भारतीय समुदाय संग मात्र नभई अन्य अन्य थुप्रै समुदायहरुसंग पनि हातेमालो गर्दै नेपाली कला र संस्कृतिलाई चिनाउदै जाने लक्ष्य समेत रहेको केसीले बताए ।  उनले अन्य समुदायले आयोजना गरेको कार्यक्रममा सहभागिता हुन् पाउँदा हर्ष लागेको बताउदै सहभागिता हुने सबै बिधार्थीहरुलाई धन्यबाद दिएका छन्

प्रतिक्रिया