शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०५:०६
वासिङटन डिसी 18:21

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको प्रेस विज्ञप्ती

इनेप्लिज २०७६ असोज २८ गते २१:२८ मा प्रकाशित

गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन काठमाण्डौंमा अक्टुबर १५ देखि १७ सम्म संचालन हुंदैंछ । सम्मेलनको पूर्व सन्ध्यामा यस गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले अमेरिकाबाट सम्मेलनमा सहभागि हुन जानुभएका प्रतिनिधिहरुलाई काठमाण्डौंमा एक कार्यक्रम गरी स्वागत तथा सम्मान गरेको छ । सो अवसरमा विश्व सम्मेलनबाट निर्वाचित हुने कार्यसमितिका लागि विभिन्न पदका आकांक्षी बन्नुभएका एनआरएनए अमेरिकाका अभियन्ताहरुलाई शुभकामना समेत दिइएको थियो ।

संघका अध्यक्ष सुनील साहको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष शाहले सबैंलाई स्वागत गर्दै अमेरिकावाट सम्मेलनमा उम्मेद्वार बन्न लाग्नुभएका अभियन्ताहरुलाई विजयीको निम्ति शुभकामना दिदैं एनआरएनए अमेरिकाका जो जो अभियन्ताहरु उम्मेद्वार बन्न लाग्नुभएको छ उहाहरुलाई सघाउन समेत अनुरोध गर्नुभयो ।

सो अवसरमा उपाध्यक्ष पदका आकांक्षी डा केशव पौडेल, सोनाम लामा र रविना थापा, महिला उपाध्यक्ष पदकी आकांक्षी बन्दना कोइराला, सचिव पदका आकांक्षी गौरी राज जोशी, सह कोषाध्यक्ष पदका आकांक्षी एसी शेर्पा, क्षेत्रीय संयोजक पदका आकांक्षी डा विनोद शाह, नविन शेरचन, राजन त्रिपाठी, कृष्ण पोखरेल, कृष्ण लामिछाने, क्षेत्रीय महिला संयोजक पदकी आकांक्षी राधा पौडेल, उमा कार्की थापा, क्षेत्रीय उप संयोजक पदका आकांक्षी रामसी पोखरेल, बेदराज बस्नेत, डिल्ली भट्टराई, दिल श्रेष्ठ लगायतले आफ्नो उम्मेद्वारी दिने सन्दर्भमा बोल्नुभएको थियो ।
संघका पूर्व उपाध्यक्ष रामकुमार सुवेदीको संचालन, महासचिव पशुपती पाण्डेको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का पूर्व महासचिव रतन झाले शुभकामना मन्तव्य दिनुभएको थियो ।

धन्यबाद !

गैर-आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका

प्रतिक्रिया