काठमाडाैंमा एनआरएनकाे कुम्भ मेला

तारा भट्टराई २०७६ असोज २८ गते २१:०४ मा प्रकाशित

 

तारा भट्टराई । एनआरएन अथवा ग़ैर आवासीय नेपाली बिभिन्न कारणले नेपाल छाेडेर विदेश बसेका , नेपालकाे नागरिकता त्यागेका अर्थात नेपाली मुलका बिदेशी नागरिक बनेका यस्ता मानिसहरुकाे सन्जाल विश्वमा ८१ मुलुकमा रहेकाे छ र त्यसकाे सदस्यता लिनेकाे सँख्या पुग नपुग दुईलाखकाे हाराहारीमा मात्र छ। तर उनीहरुकाे दावी चाहिं नेपालबाट राेजगारीका लागि विदेश भाैतारिएका ८० लाख नेपालीकाे प्रतिनिधि मुलक सँस्था भन्ने नै छ। त्यसमा राेजगारीका लागि छिमेकी देश भारत जाने नेपालीकाे सँख्या जाेडिएकाे छैन। त्याे पनि जाेड्ने हाे भने त्याे सँख्या डेढ कराेडकाे हाराहारीमा पुग्छ। ती सबै प्रतिनिधित्वकाे दावी गर्ने लगभग तीन हज्जार नेपाली मुलका विदेशीहरु दशैंकाे मेसाेमा नेपालमा पारिवारिक जमघटकालागि फर्किएकाे माैका पारेर नवाैं विश्व सम्मेलन तथा महाधिवेशनकाे नाममा जुटेका छन्। उनीहरुकाे याे महाधिवेशन कुम्भमेला जस्तै छ।

याे कुम्भमेलामा नेपाल जान लागेकि एकजना काेरिया निवासी महिला ओभर स्टेमा काेरियन एयरपोर्ट बाटै पक्राउ परेकि छिन्। एनसीसी काेरियाकि अध्यक्ष डाेल कुमारी खत्री नाम बदलेर मन्जु केसीकाे नामबाट त्यहॉ बस्दै आएकि थिईन्। यहिं सम्मेलनमा भागलिन अष्ट्रेल्याबाट आएका रमेश कुमार थापा लगायत पॉचजनाकाे समुहले त्रिभुवन अन्तराष्ट्रीय विमान स्थलमा अध्यागमन विभागका कर्मचारि माथि अभद्र ब्यवहार गर्दै काउण्टर ताेडफाेड गरेपछि थापालाई प्रहरिले गिरफ़्तार गरेकाे छ ।

यहिं सम्मेलनमा भागलिन अष्ट्रेलियाबाट आएका रमेश कुमार थापा लगायत पॉचजनाकाे समुहले त्रिभुवन अन्तराष्ट्रीय विमान स्थलमा अध्यागमन विभागका कर्मचारि माथि अभद्र ब्यवहार गर्दै काउण्टर ताेडफाेड गरेपछि थापालाई प्रहरिले गिरफ़्तार गरेकाे छ ।

र अन्य चारजनाकाे काग़ज़ात नियन्त्रणमा लिईएकाे छ। एनआरएनहरुकाे याे प्रतिनिधि मुलक हर्कत हाे। एनआरएनमा यस्तै ब्यक्तिहरुकाे बाहुल्यता रहेकाे छ। तर विदेशमा बस्ने राम्रा , सभ्य र बाैद्धिक गैरआवासियहरु नभएका चाहिं हाेईनन्।

प्राध्यापक , डाक्टर, ईन्जिन्यर, समाजशास्त्री जस्ता मानिसहरु पनि विदेशीएका छन्। तर उनीहरु अहिलेकाे हल्लावाजहरुकाे एनआरएनकाे सदस्य बन्दा आफ्नाे प्रतिष्ठा बढ्ने ठान्दैनन्। अहिलेकाे एनआरएनमा एउटा देशमा मज़दूर ठगेर अर्काे देशमा प्रतिष्ठाकाे लेप लगाएर बसेका एनआरएनकाे नाममा स्वार्थपुर्तीकाे धन्दा गर्न जान्नेहरुकाे वाेलवाला रहेकाे छ।

अहिलेकाे एनआरएनमा एउटा देशमा मज़दूर ठगेर अर्काे देशमा प्रतिष्ठाकाे लेप लगाएर बसेका एनआरएनकाे नाममा स्वार्थपुर्तीकाे धन्दा गर्न जान्नेहरुकाे वाेलवाला रहेकाे छ।

त्यहॉ बुद्धी ,विवेक र ईमानकाे कुनै ठाउँपनि देखिंदैन। त्यहिं कारण अहिलेकाे एनआरएनमा विदेशीएका बाैद्धिक नेपालीहरुकाे उपस्थिति शून्य प्राय: छ।

नेपाली समाज अशिक्षित छ, गरीव छ , वेराेजगार छ। त्यहि समाजमा टठ्याई बठ्याईका अनेक खेल खेलेर झुक्याएर फसाएर बिदेश भासिएका ब्यक्ति अहिले भाडाका टाईसुटमा अत्तर छर्किएर( अमेरिकामा मेसी जस्ता स्टाेरहरुमा किनेका लुगा केहि महिना लगाएर किनेकाे बिल र टॉसेकाे स्टिकर छ भने फिर्ता गर्न मिल्छ र धेरै मानिसहरुकाे महँगा कपड़ा किन्ने हैसियत नै हुँदैन र केहि महिना प्रयाेग गरेर फिर्ता गर्ने गर्छन्) नेपालीकाे विकासका गुलिया आश्वासनका पुरिया देखाएर फेरि उनीहरुकै घर ऑगनमा फर्किएका छन्। तै पनि केहि गरिहाल्छनकि भनेर छरछिमेक र पीड़ितहरुले मुख खाेल्न सकिराखेका छैनन्। तर बिचरा उनीहरुलाई राक्षसकाे याेनीबाट भगवानकाे जन्म हुदैन भनेर सम्झाईदिने पनि काेहि भेटिएकाे छैन। उनीहरुमा आफैं त्याे ठम्याउन सक्ने अवस्थामा पनि छैनन्। मलेशियामा श्रमिक ठगेर भागेकाे ब्यक्ति पाेर्चुगलबाट एनआरएन बनेर ठूला ठूला स्वरमा डिंग हॉकिरहेकाे छ, कतारमा मजदुरसँग भूकम्प पीड़ितकालागि उठाएकाे राहत रकम क्वाप्पै खाने अपराधि पनि त्यहिं सम्मेलनमा सहभागी छ, खाडी मुलुकमा फैलिएकाे त्याे ठगीकाे सन्जालकाे प्रक्रिया भन्दा बाहिर छैन त्यहॉकाे एनआरएन।

मलेशियामा श्रमिक ठगेर भागेकाे ब्यक्ति पाेर्चुगलबाट एनआरएन बनेर ठूला ठूला स्वरमा डिंग हॉकिरहेकाे छ, कतारमा मजदुरसँग भूकम्प पीड़ितकालागि उठाएकाे राहत रकम क्वाप्पै खाने अपराधि पनि त्यहिं सम्मेलनमा सहभागी छ, खाडी मुलुकमा फैलिएकाे त्याे ठगीकाे सन्जालकाे प्रक्रिया भन्दा बाहिर छैन त्यहॉकाे एनआरएन।

नेपालमा क्रिमिनल भएर भागेकाे ब्यक्ति पनि त्यहिं आईपुगेकाे छ। आज़ाद भिसा नामकाे मजदुर ठग्ने पनि त्यहि कुम्भ मेलामा गएकाे छ। एटीएम हाेल्ड गरेर मज्दुर ठग्ने पनि त्यहिं सम्मेलनमा छ। यी सबै बिदेश आएपछि काठ्माण्डाैमा अपराधि निक्कै घटेकाे जस्ताे महसुस भएकाे थियाे। तर अहिले तिनै ब्यक्तिहरु चिल्ला , सुकिला मुकिला भएर फर्किएका छन्।

जर्मनीबाट एनआरएनकाे प्रतिनिधि भएर गएका एकजनालाई प्रहरीले खाेजिकाे सूचिमा राखेकाे छ । कुमार पन्तका हाेटेल पार्टनर छत्र श्रेष्ठलाई मानब तस्करी गरेकाे आराेपमा जर्मन प्रहरिले पक्राउ गरिसकेकाे छ भने पन्तकाे खाेजि कार्य जारी राखेकाे छ।

कुमार पन्तका हाेटेल पार्टनर छत्र श्रेष्ठलाई मानब तस्करी गरेकाे आराेपमा जर्मन प्रहरिले पक्राउ गरिसकेकाे छ भने पन्तकाे खाेजि कार्य जारी राखेकाे छ।

उता एनआरएनएकाे चुनाबमा पासपाेर्ट देखाएर मात्र भाेट हाल्न पाउने नियम पन्तकाे टिमले आनाकानी गर्दै अस्वीकार गर्नुमा वास्तविक सदस्यहरु नभएर फ़र्ज़ी मतदाता हावी भएकाे पनि प्रष्ट हुन्छ। उता उपेन्द्र महताे बढ्ता राजनीतिकरण भयाे भनेर सम्मेलनमा भागलिन नै गएका छैनन् भने लण्डनबाट हुनुपर्ने र आशा गरिएकाे ब्यक्तिकाे पनि प्रतिनिधित्व भएन।

कुम्भ मेलामा कॉंग्रेस र कम्युनिस्ट दुई खेमामा उम्मेद्वारी घाेषणा गरेर नेतृत्व हत्याउन चुनावी मैदानमा उत्रिएकाे छ।यहॉ नीतिकाे कुनै स्थान छैन , नेतृत्वकाे मात्र चर्चा भैरहेकाे छ। पैसाकालागि राष्ट्र , राष्ट्रियता, घर-परिवार र नागरिकता त्यागेर विदेश भासिएकाे व्यक्तिले अहिले देश, जनता र परिवारप्रति देखाएकाे मायॉ पीरती ढाेंग सिवाय केहि पनि हाेईन। नेपालमा पार्टी राजनीतिकाे स्वर मच्चाउनुकाे कुनै तुक छैन।

नेपालमा पार्टी राजनीतिकाे स्वर मच्चाउनुकाे कुनै तुक छैन।

विदेशीपासपाेर्ट लिएर नेपाल छिरेका ती व्यक्तीले नेपालमा लगानी जुटाईदिने र विकास गर्ने जतिसुकै ठूला कुरा गरेपनि केहि गर्ने हैसियतका छैनन्। यहॉसम्म कि नेपाल जाने आउने टिकटपनि बल्ल तल्ल गरेर बनाएकाे क्रेडिट कार्डबाट काटेर गएका छन्। उता सम्मेलनमा भात खाएकाे र अन्य खर्चबर्चपनि नेपाल सरकारसँग चन्दा मागेर चलाएकाे अवस्था छ भने एनआरएनकाे ऋण १५ कराेड छ। यस्ता ब्यक्तिहरुकाे मायाजाल एउटा भ्रम मात्र हाे। यी मध्ये केहिले नेपालमा भएकाे सम्पत्ति पनि यतै ल्याएका छन् र नेपालमा लैजाने चाहिं काेहि पनि देखिएका छैनन्।

तर याे कुरा नेपाल सरकारले बुझ्न सकेकाे छैन। नेपालमा दर्ता नै नभई गैरआवासिय सँघका केहि विश्वसम्मेलन र केहि महाधिवेशन नेपालमा सम्पन्न भएका पनि थिए। पढन गएका र वैदेिशक राेजगारीमा गएका ब्यक्तिहरुलाई पनि प्रतिनिधि बनाएर नेतृत्व हत्याउने र नेतृत्वमा पुगेपछि आफ्नाे स्वार्थसिद्ध गर्ने कार्यपनि नभएका हाेईनन् र भएका छन्।

एनआरएनएकाे भवन बनाउन जग्गा किन्दा गासिएको स्वार्थ सतहमा आएकाे छ। बैंकमा रहेकाे रकम स्वार्थ अनुकूल अर्काे बैंकमा सार्दा भएकाे विवादले रुप बदलेर अदालत पुगेकाे छ। यी त सानातिना एकाध प्रतिनिधिमूलक स्वार्थ गासिएका विवादित विषयका उदाहरण मात्र हुन्। यस्तै स्वार्थपरक घट्नामा जाेडिएर एउटा देशबाट अर्काे देशमा सरेर एनआरएनएकाे नेतृत्वमा आउनेकाे सँख्या पनि कम छैन।

यस्तै स्वार्थपरक घट्नामा जाेडिएर एउटा देशबाट अर्काे देशमा सरेर एनआरएनएकाे नेतृत्वमा आउनेकाे सँख्या पनि कम छैन।

गलत कार्यमा संलग्न रहेका कारण विदेशमै कार्वाहि खेप्ने एनआरएनए पनि नभेटिने हाेईनन्। तर पनि चिल्ला, सुकिला मुकिला खाईलाग्दा नेपालीहरु विदेशबाट फर्किएर नेपालकाे मयॉगरेजस्ताे गरेर महाधिवेसन का नाममा दशैं तिहार मनाउन नेपाल जॉदा उनका घर, परिवार, नातागाेता , छरछिमेकी कसैले पनि नराम्राे मानेका भने छैनन्। तर अहिलेसम्म नीतिकाे डाेरिले बॉधिने प्रयाश नगरिनुले नियत सफा भनें देखिंदैन।अहिलेसम्म एनआरएनए विश्वसम्मेलन नीति प्रधान पटक्कै हुन सकेकाे छैन। नेतृत्वले प्रयास नै गर्दैन र प्रतिनिधिले माग गरेपनि नेतृत्वले सधै झुक्याउदै आएकाे छ। वाचा गर्छ तर पुरा गर्दैन। यहिं प्रक्रिया हालसम्म दाेहाेरिंदै आएकाे छ। दुईचारजना ब्यक्तिकाे स्वार्थमा सिंगाे सँस्था दुरुपयोग हुँदै आएकाे छ।

सँस्थालाई भजाएर ब्यक्तिलाई ब्यापार गर्न दिनुहुन्न। यसरी ब्यक्तिगत लहड, सनक र स्वार्थमा सँस्थालाई चलाउन दिनुहुँदैन। प्रतिनिधिहरुले त्यस्ता ब्यक्तिकाे हातबाट सँस्था खाेसेर आफुले नीतिगत निर्णय लिन सक्नु पर्दछ र त्यसका लागि नीतिगत व्यवस्था गरिनु पर्दछ। नत्र एनआरएनए माफियाबाट क्रिमिनल सँस्थामा परिणत नहाेला भन्न सकिन्न।

प्रतिक्रिया