कृषि सचिव जिसी र महानिर्देशक जोशीको ‘असुली आतंक’

इनेप्लिज २०७६ असोज २८ गते १०:१२ मा प्रकाशित

काठमाडौं, २८ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भएको भ्रष्टाचार प्रकरणमा कृषि मन्त्रालय अन्तर्गतका सह–सचिवहरू नरहरी आचार्य र लक्ष्मण पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेपछि निलम्बनमा छन् ।

खाद्य तथा गुण नियन्त्रण विभागको भ्यान खरीदमा १० करोड रकममा भ्रष्टाचार आरोप लागेपछि गुण नियन्त्रण बिभागका महानिर्देशक सञ्जिव कर्ण अख्तियारको अनुसन्धानमा परेपछि कृषि सचिव युवकध्वज जिसीले मतिना बैध जोशीलाई उक्त ठाउँमा महानिर्देशक बनाए ।

जोशीलाई महानिर्देशक बनाउनुको कारण भने असाधारण रहेको खुलेको छ । जिसीले जोशीमार्फता खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग माथाहतका ४३ कार्यलयका सबै कर्मचारीहरूलाई रकम बुझाउन उर्दी गरेको एक उप सचिवले बताए । उनले भने,‘हामीले माथी डिजी र सचिवलाई रकम बुझएनौं भने बढुवा नम्बर पाउँदैनौ । हामीलाई नराम्रो ठाउँमा सरुवा गरी दिन्छन् । यतिसम्म हुन्छ ।’

जिसी प्राध्यापन गर्दै सहसचिवमा आएका हुन् । आफू भन्दा सिनियर सह–सचिवहरूलाई पछाडी पार्दै तत्कालीन प्रचण्ड सरकार हुँदा माओवादीको बुई चढेर सचिव पड्काएका जिसीले सरुवा बढुवामा पनि चर्को रकम लिने गरेको पीडितहरू बताउँछन् ।

अवसरवादी स्वभाव रहेका सचिव जिसी निर्वाचनमा एमाले ठूलो पार्टी भएपति आफूलाई प्रधानमन्त्री केपी ओली निकट भन्दै हिँड्ने गरेका छन् । सचिव जिसीलाई पटक–पटक अख्तियारले पत्र काटे पनि सरकार निकट भएकै कारण जोगिँदै आएका छन् ।

प्रांगारिक मलमा २५ करोड, युवा स्वरोजगारमा १० करोड, वेरहाउस निर्माण ४ करोड, स्याउको बिरुवा खरीद १० करोडका परियोजना तुहाउन पनि सचिव जिसीको हात रहेको छ । कमिशन नपाएका कारण यी परियोजनालाई फ्रिज गराउने काममा जिसीको सक्रियता रह्यो ।

सत्ता पक्ष निकट सांसदको कम्पनीले युरोप बाट ८ लाख स्याउको बिरुवा ल्याउन टेन्डर पारेको थियो तर सचिव जिसी र कम्पनीबीच कमीशन नमिल्दा टेन्डर नै खारेज गरि उक्त १० करोड रकम फ्रीज गराएको मन्त्रालय स्रोतले जनायो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागमा सचिव जिसी र महानिर्देशक जोशीले सेटीङ मिलाएर व्यपारीसँग रकम असुली गर्ने काम गरि रहेको बिभागका एक उपसचिवले जानकारी दिए ।

दुई जना सह–सचिव र १७ जना उपसचिव दरबन्दी रहेको बिभागमा अनुगमन शाखा सह–सचिवले पाउनुपर्नेमा एकजना जुनियर उपसचिव किशोर खत्रीलाई शाखा प्रमुख बनाएर सह–सचिव उपेन्द्र रायलाई पेन्डुलम बनाइएको छ ।

खत्री सचिव जिसी निकट मानिन्छन् । उपसचिव हुमाकुमारी बखीम जोशीसँग निकट भएकै कारण २४ बर्ष देखी एकै ठाउँ बिभागमै बिताई रहेकी छन् ।

उपसचिवहरू कृष्णप्रसाद राई, बिमला न्यौपाने र नवराज दाहालले सचिव जिसीलाई प्रभावमा पारी १५ बर्ष देखि लगातार बिभागमै बस्दै आईरहेका छन् । उनीहरू अहिलेसम्म पावर लगाएरै बिभागमा बस्दै आइरहेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया