आइतबार, मंसिर २९ २०७६
काठमाडौं ०६:४१
वासिङटन डिसी 19:56

केन्याका म्याराथुन धावक किपचोगेले दुई घन्टामा बिश्व किर्तिमान गरे ,तर आधिकारिक मान्यता पाएनन

इनेप्लिज २०७६ असोज २५ गते १३:३० मा प्रकाशित

केन्याका धावक ईल्युईड किपचोगेले दुई घन्टामा म्याराथुन दौडमा बिश्व किर्तिमान गरेका छन् । उनले दुई घण्टा भित्र उक्त दौड पुरा गरि कृतिमान गरेका हुन् । कृतिमान गरेता पनि उनले आधिकारिक मान्यता भने पाएनन ।

उनले अस्ट्रियाको राजधानी भिएनामा सम्पन्न म्याराथुन दौडमा उक्त सफलता हासिल गरेका हुन् । ३४ बर्षिय किप्चोगेले २६.२ माइल १ घण्टा ५९ मिनेट ४० सेकन्डमा पुरा गरेका हुन् ।

उनले ईतिहासको सुनौलो पानामा आफ्नो नाम लेखाएका छन् । उनले हर्ष व्यक्त गर्दै कुनै पनि मनुष्य सिमित छैन भन्दै अन्यलाई उत्प्रेरणाको संदेश छोडेका छन् ।

ईतिहास कोरेता पनि उनले आईएएएफ लाई दौड गर्ने प्रयास बारेमा अनुरोधको लागि कुनै लिखित जनाएका थिएनन । केन्याका राष्ट्रपतिले उनलाई बधाई दिदै तिमीले ईतिहास कायम गरेका छौ र केन्यालाई गर्व बनाएका छौ भनि सामाजिक संजाल ट्वीट गरेका छन् ।

श्रोत :सिएनएन/
तस्बिर ” यूकेमेल डट.को.युके

प्रतिक्रिया