मोहन घिमिरे ,अमेरिका । यो प्रश्नको जवाफ दिन त सजिलो छ तर प्रश्नको उत्तर सहि छ कि छैन त्यो महत्वपूर्ण हुन्छ। सबैले दिने यो प्रश्नको उत्तर सजिलो छ। त्यो उत्तर हो सब कुरा बिगार्ने नेता हुन, सबै विकृति र विसङ्गति भित्त्र्याउने नेताहरु नै हुन, छिमेकी देश, युरोपियन युनियन र आफुलाई जो संग रिस उठेको छ उही नै हो विकृति र विसङ्गतिको दोषी र मतियार । के यो जवाफमा निष्पक्षता छ त !! अवस्य छैन। यो जवाफमा रिस, डाहा, अस्वस्थ प्रतिष्पर्धा र कुटिल ठगि मानसिकता झल्किन्छ। हामी हाम्रो समाजलाई र आफुलाई हेर्न नसक्ने अनि अरुलाई दोष दिन माहिर हुने यो कस्तो बिडम्बना हो !! एक पटक हामीले देखेको इतिहास हेरौ न त ! इतिहास नपढ़ौ किन कि इतिहास त झुठा पनि त हुन सक्छ। हामी जन्मे देखि अहिले सम्मको आफ्नु इतिहास हेरौ न !! यो पनि निष्पक्ष भएर मात्र हेरौ । आफ्नु आँखामा दोषी चस्मा पनि नलगाउ, आफ्नै खुल्ला आँखाले हेरौ। आफुले हेरेको कुराहरु पनि पारदर्सी ढङ्गले उतारौ अनि मात्र थाह हुन्छ दोषी को रहेछ। आफ्नु स्वार्थको लागि वास्तविकता नलुकाउ त्यसले इतिहास झुट बनाउछ।
नेपालमा एउटा घट्ना घट्यो डिसेम्बर सन २००० मा ह्रीतिक रोसन भारतीय सेनेमाकर्मीले नेपाल र नेपाली मलाई मन पर्दैन भनेका थिए रे ! तर त्यसको नत भिडियो रेकर्ड छ न त अडियो नै केवल भन्यो रेमा हामीले ४ जना नेपाली गुमाउनु पर्यो। अर्बौको सम्पत्ती नष्ट भयो। पछि उनले कुनै विषयमा कहिँ कतै भनेको भए माफ पाउन अनुरोध गरे तर हामीले ४ जना नेपाली र अरबौ सम्पत्ती गुमाई सकेका थियौ। हामीले तराईको मान्छे देख्न सकेनौ, जहाँ भेटे पनि आक्रमण गरौ। यो दोष कस्लाई दिने ? हुन त हाम्रो नेताहरु विहान उठे देखि बेलुका नसुतुन्जेल सम्म छिमेकी र अरु विकसित देशको विरुद्धमा नबोलेको दिन सायदै छैन होला तर छिमेकी देशका नेता वा कुनै प्रसिद्ध व्याक्तीहरुले हाम्रो देशको नत निन्दा गरेको हामी सुन्छौ नत बिरोध। कती फरक छ हामी र अरुमा हामीले यो हेर्ने कि नहेर्ने ? आज भन्दा १० बर्ष अगाडीको छेमेकी देश र हाम्रो अवस्था हामीले नै हेरौ त!! लक्ष्य सफल नभए पनि विस्वको चौथो देश हुन भरखरै छिमेकी देश भारतले आफ्नु चन्द्रयान २ रकेट चन्द्रमामा पठाएको थियो । हामी अझै हाम्रो नीतिगत स्थाइत्व र विदेश नीतिमा नै अल्मलिरहेका छौ।
अर्को घटना सम्झौ सन २००४ को नोमेम्बरमा १२ जना नेपालीहरु इराकमा आतंककारीहरुको आक्रमणमा मारिए उनीहरु अमेरिकी मिलिटरी सिविरमा करारमा काम गर्दै थिए। तर हामीले वास्तविकता नबुझी नेपालका प्राय सबै मेन पावर कम्पनी नष्ट गर्यौ र अरबौको सम्पत्ती जलायौ।
तर हामीले वास्तविकता नबुझी नेपालका प्राय सबै मेन पावर कम्पनी नष्ट गर्यौ र अरबौको सम्पत्ती जलायौ।
यसमा गल्ती कसको थियो। देश शोकमा भएको समयमा झन धेरै शोक थपियौ। हाम्रो कारणले नै देशले दुख भोगी रहेको छ। तर हामी हाम्रो गल्ती देख्दैनौ। हामी हाम्रो गल्तीमा अरुलाई सरापी रहेका छौ ।
हामी रसायनिक मल व्यापारी रासायनिक मलमा आधा भन्दा बढी बालुवा र माटो मिसाएर आफ्नै गाउँका साथीभाइहरुलाई बेच्ने ठग्ने, एक सयको लुगा होलसेलबाट ल्याएर १५०० मा बेच्ने, अदुवाको बोरामा आधा माटो राखेर छिमेकी देशमा बेच्ने र देशको नै बेइज्वत गर्ने, ४० प्रतिशत दुधमा ६० प्रतिशत पानी राखेर बेच्न सिपालु हामी अनि अरुलाई गाली गर्नु कति न्यायिक छ। खोला बगर, उब्जनिबिहिन ढुङ्गा घारी जग्गा शहरी घडेरी र अबल देखाई अदालत र सरकारलाई ठग्ने (http://annapurnapost.com/news/137543), हामीले किन्ने बेच्ने कुखुराको मासुमा हामी आफै एल्टीवयोटिक सिरिन्ज र पानी प्रयोग गर्छौ र कुखुराको तौल बढाउछौ। जो खान योग्य हुदैन भन्ने जान्दाजान्दै यो काम हामी गरि रहेका छौ। अनि हामी आफ्ना नेतालाई गाली गर्ने के यो हाम्रो नैतिकता होला त ? नेताले हामीलाई यो गर त्यो गर भनेर सिकाएको हो त ? प्रहरी आएर गर्न लगाएको हो त ? यो अवस्य होइन अरुले सिकाएको होइन हामीले नै सिकाएको हो अनि हामीले हाम्रो स्वाभिमानी खोज्नु कति जायज छ? हामीले आफ्ना सन्ततीलाई यहि सिकाइ रहेका छौ । हामीले यसमा पन्छिन मिल्दैन। जिम्मेवार भएर जवाफदेही हुन जरुरी छ। यो देखिएको कुरा हो आफना बच्चाहरुलाई हामीले उनीहरुको हैसियत भन्दा माथिका कुराहरु सिकाइरहेका छौ , आफुलाई तेस्तो नलाग्ला तर परिणामले तेही देखाईरहेको छ।
नेतालाई गाली गर्नु ब्यर्थ छ जव आफु आफ्नु नैतिकता, परम्परा, संस्कार र मानविय हैसियतलाई सुधार्न सक्दैनौ। नेता र राजनीति नीति, नियम बनाउने साधन मात्र हो।साध्य त हामी नै हौ।
नेता र राजनीति नीति, नियम बनाउने साधन मात्र हो।साध्य त हामी नै हौ।
यी माथिका कुराहरु नेताले आएर सिकाउने होइन, आफुले सिक्ने र सिकाउने हो। तसर्थ देश बनाउन आफु नैतिकरुपमा बनिनु महत्वपुर्ण हुन्छ। नैतिक शिक्षा आफैले जान्ने कुरा हो तर पनि हाम्रो शिक्षा प्रणालीमा नैतिक शिक्षाको अति जरुरी भएको देखिन्छ। मैले मेरो पहिलाको लेखमा पनि यो विषय उठाएको थिए जसलाई एकजना पुर्व कानून मन्त्रीले पनि उठाउनु भएको छ। (https://www.youtube.com/watch?v=14Ja2jN98Mg&t=1048s)
मेरो खोज अनुसन्धानले फेसबुकबाट कैद गरेको एउटा कथन ” एउटा चेली जो पीआर (स्थाई बसोवास प्रमाण पत्र) लिएर अस्ट्रेलिया पुगिन र त्यहाको नागरिकता प्राप्त गरिन काठमाण्डौमा घर बनाइन र आफ्नु माइती भाइ, आमा बुवा ल्याएर राखिन र ११ वर्ष सम्म राखेर बा आमालाई अस्ट्रेलियाको पीआर बनाएर लगिन, (अमेरिकामा एउटा ग्रीन कार्ड बनाउन पचासौ लाख खर्च गर्दा पनि हुदैन । सायद अष्ट्रेलियामा पनि महंगो नै होला) भाइलाई पनि बोलाइन र काम लगाइन । भाईको काठमाण्डौमा करोडौको घर किन्न सक्ने क्षमता बन्यो जसको पहिलाको हैसितको बारेमा गाउँ घर सबैलाई था भएकै थियो। आफ्नु छोराको एकाएक हैसियत सुधार भएपछि बा आमा नेपाल फिरे, छोरीले पनि आफ्नु घर व्यबहारको कारणले ११ बर्ष पछि घर छोडिदिन अनुरोध गरिन र उनीहरले घर त गार्होगरि छोडे तर बिडम्बना एकादेशको भएछ। एउटा दशैमा छोरी बा आमाको हातको टिका लगाउन आमा बालाई दशैको टिका लगाउन आउने जानकारी दिएर नेपाल गईछन दशैको भोलि पल्ट नेपाल पुग्दा त बा आमा त गायव भएछन। छोरा बुहारी मिलेर बा आमालाई भगाएछ्न । तेती टाढाबाट गएकी छोरीको निधार खालि भएछ । यसको कारण रहेछ छोरीले छोरा बुहारीलाई घरबाट निकाली मेरा छोराहरु रिसाए अब छोरीसंग सम्पर्क भयो भने छोराहरुले उनीहरुलाई घरमा बास दिदैनन रे !! बिडम्बना हिजो तेही छोरीको घरमा बास हुँदा र ११ बर्ष छोरी चेलीसंग मोज गर्दा ती कुराहरू सोचिएनन तर आज आमा बाबुको लागि छोरा प्यारा भए भने स्वार्थी भाइहरुले आफ्नु बिगतको हैसियत, आफ्नु संस्कार र संस्कृतिलाई सम्पत्तीले चुनौती दिएको देखिन्छ ।
अहिले नेपाली मिडिया र सामाजिक संजाल हामी नेपालीहरु भेडा हौ भनेर भरिएको देखिन्छ । एकजना नेपालका प्रख्यात राजनीतिज्ञले समेत यो शब्द इतिहासमा उल्लेख गरेको पाइन्छ । के साच्ची नै हामी नेपालीहरु भेडा नै हौ त ?
के साच्ची नै हामी नेपालीहरु भेडा नै हौ त ?
यो कुरासँग सहमत हुने अवस्था छैन किन भने हामी बिधि, बिधान, नियम, कानून, नैतिकता र प्रणाली भन्दा माथि उठेर वा यी प्रकृयाहरुलाई लात मारेर जानी जानी मन्सायपुर्वक आफ्नो स्वार्थको लागि माथि उल्लेखित काम दिनानुदिन घटाउने नभई बडाउनेमा प्रतिस्पर्धा गरिरहेकाछौ। हिन्दुधर्मको पवित्र ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार तासको खेल खेल्दा सकुनी नामका व्याक्तीको चरित्रको बहुत गुणगान गाइन्छ, जसको कुसलता खेलमा कौरवहरुलाई जसरी पनि जिताउन जे पनि गर्ने अर्थात खेलको नियमलाई उल्लंघन गरी कौरवको पक्षमा निर्णय निकाल्ने चरित्रको व्याक्ती भनेर चिनिन्छ। कानूनी शब्दमा यसलाई खुराफात पनि भनिन्छ । हामी पनि बिधि, बिधान, नियम र प्रणाली भन्दा टाढा गएका त होइनौ। हामीलाई हाम्रो व्याबहारले सकुनी बनाएको त होइन भन्दा फरक नपर्ला जस्तो देखिन्छ।
अब हाम्रो भेडाको शब्द सकुनी वा खुराफातीमा बदल्दा फरक नपर्ला जस्तो छ। हामीले हाम्रो बिधि, बिधान र प्रणालीलाई मानेको कहिँ कतै देखिएन तसर्थ हामीलाई सकुनी वा खुराफाती भन्दा अन्यथा लिनु हुन्न।
हामीले हाम्रो बिधि, बिधान र प्रणालीलाई मानेको कहिँ कतै देखिएन तसर्थ हामीलाई सकुनी वा खुराफाती भन्दा अन्यथा लिनु हुन्न।
विकसित देशहरुमा कानून, नियम र प्रणालीको सम्मान गरिन्छ चाहे त्यो जनता, नेता वा अरु कुनै मान पदवी भएको व्याक्ती कानून र नैतिकतामा सधै विस्वास गर्छ। भेडा जातको जनवारले पनि लगाम लगाएको घोडा जस्तै सिधा मात्र हेर्छ र देख्छ तसर्थ विकसित देशका जनता बिधि, बिधान र प्रणालीमा विस्वास गर्ने हुँदा उनीहरुलाई भेडा र हामीहरुलाई सकुनी भन्दा फरक पर्ने जस्तो देखिदैन। माथि उल्लेख गरिएका खोज अनुसन्धानबाट प्राप्त उदाहरणहरुले हामीलाई भेडाको सट्टामा सकुनी वा खुराफाती नै भनेको सुहाउछ होला। एउटा आमा बाबुले स्वार्थको लागि गर्ने फरक व्यावहार, दिदी भाइमा सम्पत्तीको उन्मादले देखिएको निकृष्ठ व्याबहार आदीले हेर्दा हामी साच्ची नै सकुनी हौ। यी उल्लेखित कुरिती अरु छिमेकी वा तेस्रो मुलुकबाट अवस्य आएको होइन हामीले नै उब्जाएका र उत्पादन गेरेका हुन तसर्थ हामी नै विकृति र विसङ्गतिका भागिदार हौ। यसको जिम्मेवारी हामीले नै लिनु पर्छ। अरुलाई दोष दिएर हामी उम्कन सक्दैनौ।
यो लेखका सन्दर्भहरु खोज अनुसन्धानबाट प्राप्त सत्य घटनामा आधारित विषयहरु विश्लेषण गरिएका हुन। कसैसँग प्र्त्यक्ष वा परोक्षरुपमा मेल खाएमा क्षमाप्रार्थी छु।
प्रतिक्रिया