संस्थाको आर्थिक गतिबिधि

इनेप्लिज २०७६ असोज २४ गते २२:०२ मा प्रकाशित

शिकागोमा सम्पन्न आठौं साधारण सभामा सपथ ग्रहण गरेपछि पदीय जिम्मेवारीमा कार्य शुरु गरेको तिन महिना पुगेको छ । संस्थाका आर्थिक गतिबिधिहरु पारदर्शी बनाउने हाम्रो प्रतिबद्धता अनुरुप सेप्टेम्बर सम्मको आम्दानी खर्चको बिबरण सार्बजनिक गर्ने प्रयासमा हामी रहेका थियौं ।

तर पूर्ब कार्य समितिका बक्यौताहरु पूर्ण स्पस्टता बिना भुक्तानी नगर्ने गरिएका कारण केही शिर्षकमा भुक्तानीमा ढिलाई भइरहेको, एटलान्टामा भरखर पहिलो नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न भएको, संबन्धित जिम्मेवार साथीहरुएनआरएनको नवौं अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा ब्यस्त रहनु परेको र अधिकांस साथीहरु हाम्रा दशैं, तिहार, छट, म्ह: पूजा जस्ता महान पर्बहरु मनाउने क्रममा नेपाल जानु भएका कारण आम्दानी खर्चका बिबरणहरु सार्बजनिक गर्न केही ढिलाहुन गएकोमा हामी क्षमा याचना गर्दै छिट्टै सार्बजनिक गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

यहॉहरुको एनआरएन प्रतिको अटुट मायॉ र हामी प्रतिको विश्वॉसको लागि हार्दिक कृतज्ञता सहित बडा दशैं, तिहार छठ, म्ह: पूजा तथा नेपाल संबत अनुसार नयॉबर्ष ११४० को हार्दिक मंगलमय शुभकामना टक्र्याउँछौं ।

नेत्र बन्धु पोख्रेल
कोषाध्यक्ष

प्रतिक्रिया