शनिबार, कार्तिक २ २०७६
काठमाडौं १०:०८
वासिङटन डिसी 00:23

ट्रम्प सरकार महाभियोगमा सहभागी नहुने

महाअभियोग "अवैधानिक" भएको ह्वाईट हाउसको जिकीर, पठायो हाउसलाई पत्र

यादवराज जोशी २०७६ असोज २१ गते २२:३६ मा प्रकाशित

ह्वाईट हाउसले एक पत्र पठाउदै ट्रम्प सरकार “अवैधानिक” महाअभियोगमा सहभागी नहुने बताएको छ । अमेरिकाका लागि युरोपेली युनियनका राजदुत गोर्डन सण्डल्याण्डसंग हाउसमा हुने सोधपुछमा तगारो लगाएपछि मंगलबार नै उक्त पत्र पठाईएको हो । ह्वाईट हाउसको सहभागिता हुनुको अर्थ महाअभियोग प्रक्रियामा कुनैपनि प्रकारको सहयोग नगर्ने भन्ने हो । यसले हाउस र ट्रम्प सरकारबीचको द्वन्द्व अझ बढाउने छ ।

आफ्ना सम्भावित प्रतिद्वन्द्दी जोई बिदेनका छोरामाथि छानविन गर्न युक्रेनका राष्ट्रिपतिलाई अनुरोध गरेपछि विपक्षी डेमेक्र्याट बाहुल्य हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगमा छानबिन भैरहेको छ ।

राष्ट्रपति ट्रम्पका सल्लाहकार प्याट चिपोलोनीले हाउसकी अध्यक्ष न्यान्सी पेलोसी र विभिन्न तीन समितिका अध्यक्षलाई सम्बोधन गरेको आठ पृष्ठ लामो पत्रमा महाअभियोगको छानबिनको प्रकृयाले “संविधानले प्रदत्त गरेको विधी विधान र मौलीक निस्पक्षता उलंघन गरेको” आरोप लगाईएको छ । पत्रमा महाअभियोगमा “कुनै पनि संवैधानिक आधार नभएको” र “स्वन्त्रत छानबिनको आधार नदेखिएको” पनि उल्लेख छ ।

सण्डल्याण्डसंग हाउसमा सोधपुछ गर्नमा बन्देज लगाउने राष्ट्रपति ट्रम्पको कामले डेमोक्र्याटको जिकीर बलियो हुने हाउसको इन्टेलिजेन्स कमिटीका अध्यक्ष एडम सिफले बताएका छन् । “यो डेमेक्र्याटको लागि बलियो प्रमाण हुनेछ,” उनले भने । हाउसकी अध्यक्ष पेलोसीले सण्डल्याण्डसंग सोधपुछ गर्न विशेषाधिकार प्रयोग गरिने बताएकी छन् ।

सण्डल्याण्डले ट्रम्प र युक्रेनसंगको सम्वन्धमा विभिन्न समयमा टेक्स्ट म्यासेज पठाएको देखिएकोले उनीसंग हाउसमा सोधपुछ गर्ने कार्यक्रम थियो । यसअघि, सेक्रेटरी अफ स्टेट माईक पोम्पियोले आफ्ना कर्मचारीले हाउसले मनोबल गिराउने काम गरेको भन्दै सोधपुछमा सहयोग नगर्ने बताएका थिए ।

स्रोतः एजेन्सीहरु
तस्वीरः गुगल खोज ।

प्रतिक्रिया