प्रमोदसंग कपाल मिल्दा चर्चा कमाएका बलबहादुर भ्वाइसको नकआउट राउन्डमा प्रवेश

इनेप्लिज २०७६ असोज २० गते ११:०८ मा प्रकाशित

ईटहरी/ यतिबेला भ्वाइस अफ नेपाल नया प्रतिभालाई सबै सामु चिनाउन निकै ठूलो माध्यम बन्न सफल भएको छ । नेपाली संगीत आकाशको गायन बिधामा अन्तरास्ट्रिय फ्रेन्चाईज शो भित्रीएपछि नया छलाङ मारेको देखिन्छ । गायनकलामा लागिरहेका प्रतिभालाई पनि राम्रो प्लेटफर्म भएको भ्वाइस अफ नेपालको मंचलाई बल बहादुर राजबन्सीले पनि राम्रै सदुपयोग गरीरहेका छन् ।

गायन बिधामै बिगत लामो समयदेखि लागिपरेका राजबन्सी भ्वाइस अफ नेपालमा पुगेपछि उनको गायन कलाको उचाई झनै बढिरहेको छ । गएको “ब्लाईण्ड अडिसन” मा सबैको चर्चा बटुल्दै ब्याटल राउण्ड सम्म आईपुगेका उनको गायिकिले अर्को अडिसनको पनि ढोका खुल्ला गरेको छ । गएको ब्लाईण्ड अडिसनमा भ्वाइसका कोचको रुपमै रहेका दिप श्रेष्ठको “हु यात्री” गाएका थिए । सो गीत गाउदा २ जना कोच प्रमोद र दिप फर्किएका थिए ।

तर उनको गायिकिको भने अन्य २ कोच आस्था र राजुले पनि प्रसंसा गरेका थिए । कोच प्रमोद खरेलको जस्तै कपाल भएका उनले कोच प्रमोदलाई नै छानेका थिए । निरन्तर सफलता पाईरहेका राजबन्सीले ब्याटल राउन्डमा आफ्नो अर्का प्रतिष्पर्धी जमिर अलि संग द भ्वाइस अफ नेपालको मंचमा साङितिक भिडन्त गरेका थिए । राजबन्शी र अलिले “बस है आमा” बोलको गीत गाएका थिए ।

सो गीतले सबैको मन छोयो भने दुबैको तारिफ गर्न पछि हटेनन कोचहरु । तर अलि सोही मंचबाट घर फर्किए भने फेरि पनि कोच प्रमोदको छनौटमा बल बहादुर राजबन्शी पर्न सफल हुँदै आगामी “नकआईट राउन्ड”मा प्रवेश गरेका छन् । यस्तो छाटकाटले उनको आगामी यात्रा पनि खासै जटिल छैन भन्न सकिन्छ । संगीतमै लगाव रहेका राजबन्शीलाई आगामी एपिसोडको लागि पनि सुभकामना ।

प्रतिक्रिया