दशैं बिशेष नैरोबी

इनेप्लिज २०७६ असोज १९ गते २०:१० मा प्रकाशित

आज मिति ०६/१०/२०१९ का दिन गैर आवासीय नेपाली संघ केन्या को तर्फ बाट विजया दशमी २०७६ को पावन अवसरमा सुभकामना आदान प्रदान गरि भब्य रुपमा दशैं को कार्यक्रम सम्पन्न भयो ।

उपाध्यक्ष शिव लाल अधिकारी को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। महिला संयोजक श्रीमती कुमारी जि सि ले आगन्तुक सदस्य महानुभाव हरुलाइ स्वागत गर्दै सुभकामना ब्यक्त गर्नु भएको थियो भने महासचिब टिका थितालले कार्यक्रम संचालन गर्नु भएको थियो ।

बीच बीच मा सास्कृतिक कार्यक्रम र खेल कुद कार्यक्रम ले गर्दा बाल बालिका देखि सबै उमेर का मान्यजन हरु र आफन्त हरु हर्सौल्लाश का साथ् यो बिसेष कार्यक्रम को मजा लिदै रमाई रहेका देखिन्थॆ।

सस्थापक अध्यक्ष कुल बहादुर कार्की । ICC सदस्य यादब काफ्ले निवर्तमान अध्यक्ष कृष्ण दत्त भट्ट ,सल्लाहकार धनेन्द्र बस्नेत सचिव लक्ष्मि बुलन ,कार्यकारणी सदस्य डा.सीताराम घिमिरेले वडादशैं को उपलक्ष्यमा हार्दिक सुभकामना ब्यक्त गन्रु भएको थियो । सास्कृतिक कार्यक्रम को संचालन र सम्योजन श्रीमती कविता अधिकारी ले गर्नु भएको थियो ।

उक्त कार्यक्रम भब्य रुपमा सम्पन भएको थियो । दशैँ को टिका ग्रहण बडा दशैं को दिन र पुर्णिमा को दिन हुने कुरा सबै लाइ जानकारी गराईएको थियो ।

प्रतिक्रिया