बर्दिबासमा दशैँ बिशेष ‘बर्दिवास फेस्ट’को दोश्रो सिजन सम्पन्न (फोटो फिचर)

इनेप्लिज २०७६ असोज १९ गते १२:५६ मा प्रकाशित

ईटहरी/ एल एण्ड एन मोडल एजेन्सीले बर्दिबास फेसन शो २०७६ को दोस्रो सिजन सम्पन गरेको छ । यस फेसन शोमा ८ वर्ष देखि ३० वर्ष उमेर समुहका युवा यूवतिहरुले र्याम्प गरेका थिए । जसमा २१ जना यूवायूवतिहरुले बिभिन्न भेषभुषाका पहिरनहरुमा फेसन शो गरेका थिए । फेसन शोमा फोटो प्रतियोगिताबाट प्रथम चन्दन शाह, फर्स्ट रनरअप अनिस दाहाल, सेकेन्ड रनअप अर्पण भण्डारी भएका थिए । सभागीहरुलाई अन्य थुप्रै अवार्डहरु पनि दिईएको थियो । उक्त शोको लागि गेष्ट मोडलको रुपमा ईटहरिका सुस्मिता श्रेष्ठ र सर्मिला दाहाल पनि उपस्थित थिए भने उनीहरुले पनि स्टेजमा र्याम्प नापेका थिए ।

बेस्ट फिगर, अर्गनाईजर च्वाईज अवार्ड, फोटोजेनिक अवार्ड, बेस्ट र्याम्प अवार्ड जस्ता थुप्रै अवार्डहरु दिईएको थियो । फेसन शोमा भाग लिने यूवायूवतिहरुलाई विभिन्न कम्पनिले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो । शोमा बर्दिवासका विशिष्ट व्यक्तित्वहरुको राम्रै जमघट रहेको थियो । कार्यक्रममा ४ सय हाराहरीमा दर्शकहरुको सहभागिता रहेको थियो । कार्यक्रमा राष्टिय कलाकारहरु गायक तथा संगीतकार कर्ण राज गिरि, मन्त्रराज, बेली डान्सर र हस्तकला, चित्रकला, कमेडीसंग संगै विभिन्न ख्याती प्राप्त फेशन डीजाईनरका ड्रेसहरुको समेत प्रस्तुत गरेर कार्यक्रममा भरपुर मनुरञ्जन दिएको आयोजकले जानकारी दिएका छन् ।

आफुुसंग लुकेर रहेको कलालाई देखाउन र बर्दिबासमा भएका युवा, यूवतिहरुलाई केहि सिकाउने र त्यस ठाउँको बिभिन्न फेसनहरुलाई प्रतुत गर्ने एल एण्ड एन मोडल एजेन्सीका प्रबन्ध निर्देशक रोमीयो एन केले बताए । एल एण्ड एन मोडल एजेन्सी प्रा.लि. ले यस्ता थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । यस सस्थाले बिभिन्न ठाउँहरुमा जहाँ फेसन शो भन्नाले गलत नजरले हेर्ने ठाउँमा गएर पनि फेसन शोको बारेमा बुझाएर फेसन शो गरेर सकारात्मक सन्देश दिदै आएका छन् । अबको फेसन शो जनकपुरमा रहने आयोजकले जानकारी दिएको छ । यस कम्पनीले पहिलो पटक नेपालमा अन्तराष्ट्रिय प्रोडक्ट पनि केहि समय अघि लन्च गरेको थियो ।

प्रतिक्रिया