सहमति र सहकार्यको विकल्प छैन : नेपाल

इनेप्लिज २०७६ असोज १९ गते १२:३८ मा प्रकाशित

सञ्जय मित्र, रौतहट, असोज १९

नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहमति र सहकार्यको विकल्प नभएको बताएका छन् । प्रदेशमा पार्टीमा दुई धार एक अर्कालाई निषेध गर्ने स्थिति बनेको तर्फ संकेत गर्दै नेता नेपालले देशमा सहमति र सहकार्यले विकास भएजस्तै पार्टीको आन्तरिक जीवनमा पनि यसको आवश्यकता रहेको बताएका छन् ।

गृह जिल्ला रौतहटको गरुडामा आयोजित दशैँ, दीपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पार्टीप्रति बफादार र आपसमा इमानदार रही कसैले कसैलाई निषेध गर्नु हुँदैन ।

०५६ को निर्वाचनमा केहीले आफूलाई निषेध गर्न खोजेको स्मरण गर्दै तत्कालीन आइजीपीले उपलब्ध गराएको बुलेटप्रूफ ज्याकेट लगाएर निर्धारित कार्यक्रम सम्पन्न गरेको खुलासा गरेका छन् । हजारौँ समर्थकबीचमा नेता नेपालले प्रदेश २ को निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलले प्रदेशकै विकास हुने विश्वास व्यक्त गरेका छन् । मधेसवादी दलले विमानस्थलको विरोध गरेकोमा नेता नेपालले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिक्रिया