महरा प्रकरणमा बोले देउवा : कारबाही गर्नुपर्नेलाई उल्टो संरक्षण ?

इनेप्लिज २०७६ असोज १८ गते ११:३० मा प्रकाशित

काठमाडौँ, १८ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारको आरोप लागेका निर्वातनमान सभामुख कृष्णबहादुर महरालाई कारबाही नगरेकोमा सरकारप्रति रोष प्रकट गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका महरामाथि कारबाही गर्नुको साटो सरकार आफैँले संरक्षण गर्ने काम गरिरहेको दावी गर्दै आक्रोस व्यक्त गरेका हुन् ।

दशैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले महरालाई तत्काल कारबाही गर्न माग गरे ।

महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिएको सबै कुरा बाहिर आउँदा पनि त्यस्ता बदमासी गर्ने महरामाथि किन कारबाही नगरिएको? भनि सरकारलाई प्रश्न गरे ।

‘त्यस्तो बदमासी गर्ने अनि उल्टै सो घटनाको तथ्य लेख्नेमाथि ज्यान मार्ने धम्की दिने काम भइरहेको छ,’ सभापति देउवाले भने, ‘त्यस्ता मान्छेलाई बचाउन जे पनि गरिरहेका छन्।’

सभापति देउवाले सर्वसाधारणले दशैं समेत मनाउन नसक्ने गरी महंगी बढदा पनि सरकारले नियन्त्रण गर्न नसकेको दावी गरे।

कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले जनताको अपेक्षा अनुसार कुनै काम गर्न नसकेको दावी गरे । उनले महंगीले ‘अन्तरिक्ष’ छुन लाग्दा पनि दुई तिहाईको घमण्डमा रमाईरहेको वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम चाल्न नसकेको आरोप लगा ए।

प्रतिक्रिया