शनिबार, कार्तिक २ २०७६
काठमाडौं १०:४१
वासिङटन डिसी 00:56

मदन पुरस्कार प्राप्त गर्ने साहित्यकार कृष्ण धरावासी,अमर न्यौपाने तथा निलम कार्की निहारिकाले यसरी दशैं मनाउने

इनेप्लिज २०७६ असोज १७ गते १२:२७ मा प्रकाशित

विजय थापा ,डिसी । मदन पुरस्कार नेपाली कृतिलाई प्रदान गरिने प्रसिद्ध पुरस्कार हो। मदन पुरस्कार पुस्तकालयले यो पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गर्दछ। वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो।

वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान- विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिन्छ । वि. सं. २०७५ देखि यो पुरस्कारको राशि चारलाख रूपैयाँ बनाइएको छ ।

वि.सं २०६२ मा मदन पुरस्कार बिजेता साहित्यकार कृष्ण धरावासी ,२०६८ का मदन पुरस्कार बिजेता अमर न्यौपाने तथा २०७४ साल कि मदन पुरस्कार बिजेता निलम कार्की निहारिकासंग ईनेप्लिजले लिएको छोटो कुराकानीमा २०७६ सालको दशैँ यसरी मनाउने जानकारी गराउनु भएको छ ।

कृष्ण धरावासी : थुप्रै कृतिका स्रष्टा धरावासी मदन पुरस्कार लगायत थुप्रै पुरस्कार र सम्मानद्धारा सम्मानित हुनु भएको छ । राधा उपन्यासले वि.सं. २०६२ को मदन पुरस्का प्राप्त गरेको थियो । उहाको उक्त उपन्यास पुराणको आधार लिएर पुर्वीय दर्शनमा आधुनिक जीवनलाई हेर्ने प्रयत्न गरिएको छ । लीलाको धारणालाई सिर्जनात्मक ढङ्गमा प्रयोग गरिएको छ । र अंग्रेजीमा समेत प्रकाशित भएको छ ।

साहित्यकार धरावासीले यसपल्ट सासूआमा( सीताजीकि आमा) को निधन भएकोले दशैं रमाइलो नभएको बताउनु भयो । उहाले आफ्नो मेरो मन पर्ने खाना खिर ह‍ो भन्नु भयो ।

बाल्यकालको स्मरण गर्दै आमाकी नजिककी नातामा पर्ने ठूलीआमा हुनुहुन्थ्यो । उहांले सधै दशैंमा टीका लगाएर अञ्जुली भरी खुजुरा पैसा दिनु हुन्थ्यो । हामीलाई ठुली आमाकोमा टीका लाउन जान हतार लाग्थ्यो भन्नु भयो ।

हामीलाई ठुली आमाकोमा टीका लाउन जान हतार लाग्थ्यो भन्नु भयो ।

आमाकोमा टीका लाउन जान हतार लाग्थ्यो भन्नु भयो ।उहा हाल अमेरिकाको भर्जिनिया निवासी समाजसेवी तथा अर्थविद नाताले मामा प्रेम संग्रौलाकी दिदी हुनुहुन्थ्यो भनि जानकारी दिनु भएको छ ।

अमर न्यौपाने : अमर न्यौपाने एक प्रसिद्ध साहित्यकार हुनुहुन्छ । आख्यानकार न्यौपानेले वि.सं. २०६८ सालको मदन पुरस्कार पाउनु भएको हो । उहाको पहिलो कृति पानीको घाम वि.सं. २०६६ मा प्रकाशित भएको थियो जुन कृतिले पद्मश्री पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।

उहाको वि.सं. २०६८ मा प्रकाशित सेतो धरती उपन्यासले वि.सं. २०६८ को मदन पुरस्कार प्राप्त गर्न सफल भएको थियो। न्यौपानेले वि.सं. २०७२ मा शिक्षासम्बन्धी उपन्यास करोडौँ कस्तुरी प्रकाशनमा ल्याउनु भएको थियो । न्यौपानेको पछिल्लो कृति गुलाबी उमेर वि.सं. २०७६ मा प्रकाशित गर्नु भएको थियो ।

न्यौपानेले दशैं भनेको मुख्य आफन्त भेटघाट नै हो । सानो छँदा दशैं ठूलो लाग्थ्यो, ठूलो भएपछि सामान्य लाग्छ । सानो छँदा दशैं रमाइलो लाग्थ्यो अहिले जिम्मेबारी बोधले होला, सानोमा जस्तो रमाइलो लाग्दैन । केटाकेटी रमाएको देख्दा आफू सानो छँदा रमाएको याद आउँछ भन्नु भएको छ ।

न्यौपानेले खसीको मासुसँग जे पनि मन पर्छ भनेता पनि सादा भात र सागसब्जी पनि मन पर्छ भन्नु भयो । र साहित्यकार न्यौपानेले मामाघर टीका लगाउन जाँदा कुन मामाले कति दक्षिणा दिए भनेर सम्झँदै अलगअलग गोजीमा राख्थें र शौचालय (ट्वाइलेट)मा गएर गन्थें ।

मामाघर टीका लगाउन जाँदा कुन मामाले कति दक्षिणा दिए भनेर सम्झँदै अलगअलग गोजीमा राख्थें र शौचालय (ट्वाइलेट)मा गएर गन्थें ।

जुन मामाले धेरै पैसा दिन्थे उनै मामा सबैभन्दा जाती लाग्थ्यो भन्नि ईनेप्लिजलाई बताउनु भयो ।

निलम कार्की निहारिका : सशक्त महिला साहित्यकार हुनु हुन्छ । अमेरिकाको उत्तर क्यारोलाइनामा बसोबास गर्दै आउनु भएकी निलम कार्की निहारिका परदेशमा पनि कलम निरन्तर घुमाई रहनु हुन्छ ।

मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार वहाको उपन्यास योगमायालाई दिएको थियो । योगमाया जनताको इतिहास हो ।

योगमाया’ राणाकालमा समाजसुधारका लागि विद्रोह गरेकी भोजपुरकी महिला योगमायाका जीवनीमा आधारित भएर लेखिएको हो। नेपालमा लिखित अभिलेख पाउन सजिलो नभएकाले उपन्यासका लागि योगमायाबारे अनुसन्धान गर्न धेरै कठिन भएको कार्कीले उक्त उपन्यास प्रकाशित गरे पछि बताउनु भएको थियो ।

उक्त उपन्यास लेख्न निहारिका महिनौ महिना सम्म भौतिक रुपमा नेपाल पुगि तथ्य संकलन अन्तर्वार्ता आदि लिनु भएको थियो । साथीभाई र योगमायाकै नातेदारका वंशजको सहयोगमा अनुसन्धान गरि योगमाया उपन्यास प्रकाशित भएको थियो ।

वहाका प्रसिद्ध सिर्जनाहरु बेली ,हवन ,चिरहरण लगायत अन्य रहेका छन् ।

साहित्यकार कार्कीले दशैँ यसरी मनाउने : पोहोर साल परिवारमा सुतकको कारण हाम्रो टिका थिएन । परारको साल ससुरा बुवा आउनु भएको थियो । दशैँ हाम्रो घरमा आएको थियो ,निकै उमंग भएको बताउनु भयो ।

तर २०७६ सालको यो दशैँमा उहा आउँन सक्नु भएन ,हामि मात्र छौ भन्नु भयो । कार्कीले प्राय जस्को घरमा नेपालबाट आमाबुवा मान्यजन आउनु भएको हुन्छ उहाको घरमा टिका आसिसको लागि जाने गरिन्छ भन्नु भयो ।

यो बर्ष टिकाको दिन छोराहरुको बिद्यालयमा बिदा त परेको छैन । तर त्यो दिन बिद्यालय नपठाउने तय भएको छ । टिकाको लागि बिहान देखिको तयारी उनिहरुले हेर्नु पर्छ ,देख्नु पर्छ, सिक्नु पर्छ भन्ने लाग्छ ।

अर्को कुरा अहिले यही अक्टोबर ७ को ५ बजे दशमी तिथि सुरु भै अक्टोबर ८ को बिहान ५.२० सम्म रहने भन्ने कुरा आईरहेको हुदा टिका नै ७ या ८ कुन दिनमा लाउने भन्नेमा अझ सम्म आफन्त र साथीहरु बीच निर्क्योल हुन् सकेको छैन भन्नु भयो ।

उहाले नेपाल घरमा पनि सोधेर जे भन्नुहुन्छ सोहि अनुसार लगाउला भन्नेमा छौ भन्नु भयो । उहाले मन पर्ने खाना तोरीको साग ,टिमुर मिसाएर सिलौटामा पिसेको टमाटरको चटनी ,मासको दाल अनि घ्यू राखेको भात भन्नु भयो ।

उपन्यासकार कार्कीले अलि सानै हुदा चाही कति रुपिया भयो भन्दा पनि कति वटा भयो भन्नेमा चासो हुन्थ्यो र आन्नद लाग्थ्यो गन्न भन्नु भयो । अलि ठुली भए पछी भने छोरालाई नदिने छोरीलाई मात्र दक्षिणा दिने कुरा मलाई र मेरो दिदि दुवैलाई मन पर्थेन भन्नु भयो ।

अलि ठुली भए पछी भने छोरालाई नदिने छोरीलाई मात्र दक्षिणा दिने कुरा मलाई र मेरो दिदि दुवैलाई मन पर्थेन भन्नु भयो ।

दक्षिणा मामा घरमा भान्जा भनेर दाजुलाई पनि दिनुहुन्थ्यो र हामि लिने गर्थ्यौ । अन्त जति कोसिस गरे पनि हामिले दक्षिणा समाउथेनौ र नलिनुको कारण पनि कहिले भन्थेनौ भन्नु भयो ।

तीनै साहित्यकारहरु कृष्ण धरावासी,अमर न्यौपाने तथा निलम कार्की निहारिकाले ईनेप्लिज मार्फत पनि २०७६ सालको बिजया दशमीको शुभकामना दिनु भएको छ ।

अमर न्यौपानेको तस्बिर : किशोर कायस्त

प्रतिक्रिया