काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई डेंगु !

इनेप्लिज २०७६ असोज १७ गते ८:५२ मा प्रकाशित

काठमाडौँ, १७ असोज । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि डेंगु भएको पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शाक्यको स्वास्थ परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनलाई डेंगुको संक्रमण भएको पुष्टि भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

उनलाई ब्लू क्रस अस्पताल त्रिपुरेश्वरमा भर्ना गरिएको छ । यसअघि कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगुको संक्रमण भएको थियो । काठमाडाैँ उपत्यकासहित देशका धेरै ठाउँमा डेंगुको संक्रमण फैलिएको छ ।

डेंगुका कारण यो वर्ष  अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने हजाराैँ प्रभावित भएका छन् ।

चिकित्सकहरुका अनुसार एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइका कारण डेंगु लाग्ने गर्छ । यो जातको लामखुट्टेले बिहान र दिउँसोको समय टोक्ने गर्छ ।

लामखुट्टेको टोकाइबाट जोगिनु नै यो रोगबाट बच्ने मुख्य उपाय भएको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया