१५ किलो नक्कली चाँदीसहित धुम्बाराहीबाट सुन व्यवसायी पक्राउ

इनेप्लिज २०७६ असोज १७ गते ८:४९ मा प्रकाशित

काठमाडौँ, १७ असोज । काठमाडौंको धुम्बाराहीबाट १५ किलो नक्कली चाँदीसहित एक सुन व्यवसायी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ घर भइ महालक्ष्मी–११, इमाडोल बस्दै आएका ३३ वर्षीय राज सापकोटा छन् । उनले इमाडोलमै तिलहरी ज्वेलर्स सञ्चालन गर्दै आएका छन् ।

महाराजगञ्जका प्रहरी प्रमुख डीएसपी उमेश लम्सालले रातिको समयमा नक्कली चाँदी विक्रीको प्रयास गर्दै गर्दा पीडितहरुको उजुरीकाे आधारमा सापकोटालाई पक्राउ गरिएको जानकारी दिए ।

पीडितको उजुरीपछि सापकोटालाई धुम्बाराहीबाट पक्राउ गरेर अनुसन्धान थालिएको लम्सालले बताएका छन् । सापकोटाले आफ्नै ज्वेलर्समा तयार गरेर साढे १० लाख बराबर बजार मूल्यको चाँदी ठगी गर्न खोजेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया