शनिबार, कार्तिक २ २०७६
काठमाडौं १०:३२
वासिङटन डिसी 00:47

ताजा समाचार : अमेरिकाको वाशिंगटन भ्यानकुभरको गोलिबारीमा एकको मृत्यु ,दुई घाइते

इनेप्लिज २०७६ असोज १७ गते १:२० मा प्रकाशित

अमेरिकाको वाशिंगटन राज्यको भ्यानकुभर शहरमा भएको गोलिबारीमा एकको मृत्यु भएको छ । उक्त गोलिबारीमा अन्य दुई जना घाइते भएका छन् । उक्त घटना वरिष्ठ नागरिकहरु बस्ने भवनमा घटेको हो ।

प्रहरीका अनुसार अक्टोबर ३ बिहिबारका दिन वरिष्ठ नागरिकहरु बस्ने भवनमा गोलि द्वारा एकको मृत्यु र अन्य दुई जना घाइते भएको जनाएका छन् । उक्त संदिग्ध व्यक्तिलाई हिरासतमा लिइएको छ ।

गोलि चलाएको कैयौ घण्टा पछि उक्त व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता किम क्यापले जानकारी दिएका छन् । प्रहरीका अनुसार उनले पहिला जेष्ठ नागरिक बस्ने भवनको प्रतिक्षालयमा गोलीबारी भए पछि उक्त व्यक्ति आफ्नो भवनमा गएको प्रहरीले जानकारी दिएका छन् ।

त्यहाको स्थानीय साउथवेस्ट मेडिकल सेन्टर( चिकित्सा केन्द्रमा घाइते दुई जनाको उपचार भै रहेको छ । स्थानीय पत्रपत्रिकाले घटनामा प्रहरीका गाडी ,अग्नि नियन्त्रकहरु आएको श्रब्य दृश्य ( भिदडियो )पनि सामाजिक संजालमा छताछुल्ल भएका छन् ।

उक्त भवनमा ६२ बर्ष भन्दा माथिका जेष्ठ नागरिक बस्दछन भने जम्मा १७० वटा एक जनाको लागि एकल कोठा भएको भवन उक्त भवनको आधिकारिक संजाल (वेबसाइट)ले जनाएको कुरा सिएनएनमा खबर छ ।

समाचार तथा तस्बिर श्रोत ” सिएनएन

प्रतिक्रिया