शनिबार, कार्तिक २ २०७६
काठमाडौं १०:१८
वासिङटन डिसी 00:33

मेरिल्याण्डमा समुन्द्रतट सुरक्षा उपसेनापतिले दर्जनौ बन्दुक भण्डार गरेको र हत्या गर्ने सूची बनाएको आरोपमा प्रक्राउ

ठूलो मानवीय क्षति हुन् बाट जोगियो

विजय थापा २०७६ असोज १७ गते ०:१८ मा प्रकाशित

विजय थापा । डिसी । अमेरिकाको मेरिल्याण्डमा समुन्द्रतट सुरक्षा उपसेनापतिले दर्जनौ बन्दुक भण्डार गर्नुको साथै हत्या गर्ने सूची बनाएको आरोपमा प्रक्राउ गरिएको छ । अमेरिकाकोकुनै पनि ठाउँमा हुने ठुलो दुर्घटना हुन् बाट बालबाल बचेको छ । ५० बर्षिय क्रिस्टोफर हसनबाट उनि बहालमा बस्ने छिडी( बेस्मेन्ट )बाट प्रहरीले फेला पारेको छ ।

त्यति मात्र हैन कसलाई हत्या गर्ने भनि सूची पनि बनाई रहेको प्रहरीले जनाएका छन् । मेरील्याण्डको सिल्भर स्प्रिङ्ग शहर स्थित उनको छिडी बाट हजारौ गोलाबारूद फेला पारेका थिए । अनुसन्धानकर्ताले १५ वटा बन्दुक चाङ्ग लगाएर राखेको र उनले डेमोक्रेटिक दलका मुख्य व्यक्तित्व तथा दूरदर्शन(टेलिभिजन )का पत्रकारलाई हत्या गर्ने (हिट लिस्ट )बनाएका थिए ।

५० बर्षिय हसनलाई ४ वटा आरोप मध्ये अग्निअस्त्र भण्डारण र लागू पदार्थ धारण गरेको अभियोग चलाईएको छ । उनि ३१ बर्ष सम्म कारागार जान सक्ने छन् । संघीय न्यायाधिवक्ताले हसनलाई स्वयम् घोषित एक स्वेत राष्ट्रवादी तथा घरेलु आतङ्कवादी र नरसंहार गर्ने सुरमा रहेको जनाएका छन् ।

गत फेब्रुअरीबाट पक्राउ गरिएता पनि उनलाई कुनै आतंकवाद सम्बन्धि कुनै अभियोग लगाईएको थिएन । हसनकि पत्नीले आफ्नो छोटो वक्तब्यमा हसन प्रेममय तथा सम्माननीय मानिस हुन् र छिटो घर आउने लेखेकी थिइन् ।

४ मध्ये २ अभियोगमा उनले बिना दर्ता तथा बिनाक्रमानुसार बिना आवाज भएको हतियार गैर कानुनि रुपमा भण्डार गरेका थिए । यसको साथै गैर कानुनि रुपमा अग्निअस्त्र ,ओखतिमा ट्रामाडोल तथा दुखाई नाशक ओखति फेला परेको थियो ।

वादीहरुले उनले डेमोक्रेटिक दलका प्रसिद्ध नेताहरु ,अमेरिकन दूरदर्शनका चर्चित कार्यक्रम संचालक तथा सन् २०२० का लागि राष्ट्रपतिका उम्मेद्वारहरुको नाम समेत सूचीमा राखेका थिए ।

त्यति मात्र हैन ,उनले सर्वोच्च अदालतका दुई न्यायाधिस र दुई सामाजिक संजाल प्रतिष्ठानका कार्यकारीलाई लक्षित बनाएका थिए । उनले गत बर्ष मार्च २०१८ मै लक्षित व्यक्तिहरुको बिधुतिय प्रणाली (अनलाईन )बाट खोजेको जानकारी न्यायाधिवक्ताले दिएका छन् ।

समाचार/तस्बिर श्रोत “डब्लुटिओपि/एपि

प्रतिक्रिया