शनिबार, कार्तिक २ २०७६
काठमाडौं १२:१४
वासिङटन डिसी 02:29

दशैका लागि छायाकार(फोटोग्राफर)राजीब श्रेष्ठले मोडल (रूपार्दश)द्वय कला न्यौपाने तथा विवेचना निरौलाका कैद गरेका अद्वितीय तस्बिरहरु

दशैँ कहा ,कसरी मनाउने बारेमा दुवैको छोटो भनाई सहित

विजय थापा २०७६ असोज १५ गते २:१३ मा प्रकाशित

विजय थापा,डिसी । दशैंको शुभ अवसरमा चर्चित फोटोग्राफर (छायाकार) राजिब श्रेष्ठले डिसी क्षेत्रका नव प्रतिभा द्वय कलाकार तथा मोडल(प्रतिरुप )कला न्यौपाने तथा विवेचना निरौलाका अद्वितीय तस्बिरहरु कैद गरि सार्वजनिक गरेका छन् ।

श्रेष्ठले डिसी महानगर क्षेत्र मै बसोबास गर्ने द्वय मोडल (रूपार्दश) न्यौपाने तथा निरौलाका आई रहेको नेपालीहरुको महानपर्व दशैं अगाडी दशैँ बिशेष तस्बिरहरु लिएका हुन् । श्रेष्ठ व्यावसायिक छायाकार हुन् भने उनले नेपालमा रहदा अनेक चाडपर्वको अवसरमा कलाकार,महिला तथा पुरुष नमुना(मोडल)हरुका बिशेष तस्बिर खिच्दै आई रहेका भएता पनि उनले यो काम अमेरिकामा पनि निरन्तरता दिई रहेका छन् ।

उनले बिशेष गरि उदाउदा ,प्रतिभाशाली ,नव प्रतिभा ,नया कलाकार र नयाँ मोडलहरुलाई प्रोत्साहन गर्ने र उनीहरु भित्र रहेको प्रतिभालाई उत्प्रेरणा दिने काम गरि रहेका छन् ।

ईनेप्लिजले द्वय नव प्रतिभाहरु न्यौपाने र निरौला संग राजीब श्रेष्ठले कैद गरेका तस्बिर ,दशै कसरी ,कहाँ र के योजना सहित मनाउदै हुनुहुन्छ भन्ने बारेमा दुवै संग छोटो कुराकानी गरेका थियौ ।

विवेचना निरौलाले दशैँमा निकै खुसि लाग्ने बताइन किनकि दशैँ बर्ष दिनमा आउने चाड भएको बताइन । उनले दशैमा पारिवारिक भेटघाट हुने ,संस्कृति सिक्ने र दशैमा रमाइलोको लागि तास पनि खेल्न मनोरंजन लाग्ने बताइन । २०७६/२०१९ को दशैमा हजुरबुवा पनि नेपाल बाट आउनु भएकोले आशिर्वाद लिन पाइने बताइन ।

दशैमा समुदायसंग पनि भेटघाट हुने हुँदा रमाइलो लाग्ने बताइन । ९ बर्षको उमेरमा अमेरिका आएकी बिबेचना पढ्न लेख्न दुवै जान्द्छिन । ग्रीष्म कालिन समयमा नेपाल गएकोले दशैको लुगा नेपा बाट नै ल्याएकोले दशैमा नया लुगा लगाएर टिका ग्रहण गर्दा रमाइलो हुने जानकारी दिईन । मांसाहारी भएता पनि ज्यादा शाकाहारी खाना खाने र यस पटक दशैंमा सेलरोटी ,आलुको आचार ,मिठाईमा पेडा मन पर्ने बताइन ।

उनले दशैको अवसरमा नेपालका चर्चित फोटोग्राफर )छायाकार)राजिब श्रेष्ठको बारेमा नाम सुनेको थिए र वहा संग खिच्ने मौका पाउँदा खुशी लाग्यो भनिन । पहिलो पटक वहासंग दशैको लागि तस्बिर खिचे । श्रेष्ठ मेहनती ,व्यावसायिक र हाम्रो तस्बिर खिच्दा सरल बनाउने भएकोले धेरै राम्रो फोटोग्राफर भएको महसुस गरे भनिन । धेरै मेहनत गरि पहिलो पटक तस्बिर खिच्दा रमाइलो लगाएको बताइन ।

यसै गरि गत बर्ष देखि छायाकार राजिब श्रेष्ठ संग गत बर्ष देखि जोडिएकी कला न्यौपाने भर्जिनिया निवासी हुन् । दशैको बारेमा जिज्ञाशा राख्दा सबै परिवार सबै तिर छरिएता पनि दशैमा भेटघाट हुने भएकोले मज्जा लाग्ने बताइन । न्यौपानेले अगाडी भनिन दशैँ हाम्रो महान चाड हो हामी जहाँ रहेता पनि यो मनाउनु पर्ने बताईन । उनले अगाडी भनिन यस पटक फुपाजु र फुपाजुको फुपाजुको आमा नेपालबाट अमेरिका आउने भएकोले मन खुशी भएको बताइन । त्यति मात्र हैन, ,हजुरबुवा र हजुरआमा पनि आउने भएकोले यस पटकको दशैं निकै रमाइलो हुने बताइन ।

कलाकार/मोडल कला न्यौपानेले राजिव श्रेष्ठ संग गत बर्ष पनि खिचेको हुनाले धेरै कुरा सिक्ने अवसर पाए । राजिब दाई अनुभवी भएकोले हामीलाई काम गर्न सजिलो बनाई दिनु भएको छ उनले भनिन । वहासंग काम गर्दा अप्ठेरो नहुने र नयाँ प्रतिभालाई निकै सहयोग गर्ने आफूलाई पाएको बताइन ।

न्यौपानेले दशैँमा नेपालबाटै उपहार आउने भएकोले निकै हर्ष लागेको बताइन । कला शाहाकारी भएकोले दशैमा सेलरोटी ,अचारका परिकारमा सिसिमा राखेर बनाइएको मुलाको अचार,खल्पी ,आलुमटरको अचार र आफूलाई कालो दाल निकै मन पर्ने हुनाले दशैमा थुप्रै चिज खाने बताइन ।

उनि ८ बर्षमा अमेरिका आएको बताउदै नेपाली पढ्न लेख्न जान्ने बताइन । साथै पढ्न संस्कृत पनि जान्ने र आफू भजन पनि गाउने बताइन । दुवै जना चर्चित राजीब श्रेष्ठ संग तस्बिर खिच्दा कस्तो अनुभव रह्यो भन्ने जिज्ञाशामा बिबेचना संग खिच्दा धेरै रमाइलो र खुशी लागेको अनुभव रहेको बताइन । दुवै मोडलले बिजया दशमीको शुभ अवसरमा इनेप्लिज मार्फत शुभकामना संदेश दिएका छन ।

राजिब श्रेष्ठ चित्रकारिताको माध्यम बाट संस्कृतिको प्रबर्द्धन गर्दै आई रहेका छन् । श्रेष्ठले दशैं ,तिहार ,फागु पुर्णिमा ,तीज आदी ईत्यादी पर्वमा तस्बिरहरु लिने काम गरि रहेका छन् ।

यहाँहरु पनि यस्ता चाडपर्वमा तस्बिर खिच्न चाहेमा ईनेप्लिज मार्फत श्रेष्ठ संग सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया