सभामुख यौन प्रकरण

बिरकाजी बस्नेत २०७६ असोज १५ गते १:३३ मा प्रकाशित

बेला बेलामा उच्च ओहोदाका ब्यक्तिहरुका यौन प्रकरण बाहिरिने गरेका छन । यस्ता घटना केबल नेपालमा मात्र नभएर विश्वाब्यापी हुने गरेका छन । संसारकै उच्च घराना मानिने बेलायतको राजपरिबार भित्र यौन बिबाद आयो । युबराज चाल्सले क्यामेला पार्कर सँग बिहेत्तोर सम्बन्ध राखेको थाहा पाए पछी युबराग्यी डायनाले पनि आफुलाई स्वतन्त्र रुपले दरबार बाहिर निकालिन । उनले पनि अरु कसै सँग यौन सम्बन्ध राखेको खुलाए पछी उनिहरु दुबै बिच पारपाचुके भयो । पछील्लो समय इज्जिपसियन ब्यापारी दोदी अल फायद सँग प्रेममा परेकी उनी पेरिसमा कारमा गाई रहेका बेला पत्रकारले पच्छ्यौदा कारको गती असिमित र अन्यन्त्रित हुन गै दुर्घटनामा परेर मारियिन भने चार्ल्स ले पनि तिनै प्रेमी क्यामेला पार्कर सँग विवाह गरे । त्यस्तै अमेरिकि भुतपुर्ब राष्ट्रपती बिल क्लिन्टन पनि आफ्नै कर्मचारी मोनिका लेवेन्स्की सँग यौन सम्बन्ध राखेका कारण महाअभियोग को सामना गर्नु पर्‍यो । यसमा एउटा संचार माध्यमले गरेको टिप्पणी यस्तो थियो ।

एक सयन सुन्दरिका कारण एक राजनेताको राजनीतिकभबिष्य अन्धकारमा परेको छ । यहाँ बिचारणिय कुरा के छ भने यौन काण्डमा सहभागी एक जनालाई सयन सुन्दरी र अर्को लाई राजनेता भनिएको छ । यहाँनेर दुबै जैबिकिय प्राणी हुन र दुबैले यौन ब्यबस्थापन गर्न नसकेका हुन । जबकी राष्ट्रपतीको यो विवाहत्तोर दुबै थियो र बढ्ता दोषी उनी देखिन्छन । त्यस्तै ईराक युद्धमा निर्णयक भूमिका निभाएका जनरल डेभिड पेट्रियस लाई सि आए ए का प्रमुख बनाइएको थियो । तर आफ्नो जिबनी लेखनमा संलग्न महिला माथि उनको विवाहत्तोर सम्बन्ध रहेको खुलासा भयो उनले माफि माग्दै पदबाट राजिनामा दिए । अमेरिकामा सर्बोच्च अदालतको न्यायधिस नियुक्त भए पछी आजिबन पदमा रही रहन पाउने ब्यबस्था छ । यसै क्रममा अन्तिम पटक नियुक्त हुनै लागेका न्यायधिस बार्ड क्याभानभ लाई स्कुले जिबनमा यौन दुर्व्यबहार गरेको आरोप एक महिलाले लगाइन र उनको नियुक्तिमा फेरी थप अनुसन्धान र सुनुवाई गर्नु परेको थियो ।

एक पटक हेभी वेट बक्सिङमा नाम र दाम कमाएका खेलाडी माइक टाइसन एक काली महिलाले बलत्कार गरेको आरोप लगाए पछी आर्थिक रुपले टाट पल्टेका थिए । यौन दुर्व्यबहारको आरोप लगाइ पीडित बनाइएका अर्का उच्च पदाधिकारी पूर्व अन्तरराष्ट्रिय मुद्रा कोषका प्रमुख डोमोनिक स्ट्रास कन हुन । उनी फ्रान्सको राष्ट्रपतिको चुनावमा उम्मेद्वार बन्न जागिर बाट अबकास लिएर फ्रान्स फर्कने क्रममा न्युयोर्कको एक होटेलमा एक महिलालाई दुर्व्यबहार गरेको भन्दै पक्रेर जेल हालियो । उनको छबी केही मात्रामा अमेरिका बिरोधी ठानिएको थियो । उनको भबिस्य खतम पारीयो । आरोप लागेको करिब ३ बर्ष पछी आफुलाई डेढ लाख डल्लर दिएर उक्त आरोप लगाउन लगाएको ति महिलाले स्विकार गरेकी थिइन् । विश्वले सम्मान गर्ने आदर्णीय नेता गान्धी आफ्नो ब्रहमचर्यको पारीक्ष्यणको लागि केही १८ देखी २० बर्षसम्मका युबती सँग नाङो शरीर सुत्ने गर्थे भनिन्छ ।

नेपालका सर्बसम्मत नेता बि पि कोइराला पनि आफु महिला मामिलामा कम्जोर भएको स्विकार गर्थे भनिएको छ । अविवाहित भए पनि सन्त नेता के पि भट्टराई आफुलाई कुमार नभएको खुल्ला भन्ने गर्थे । पछील्लो कालमा उनको सहयोगी अनिता कपाली महिला थिइन् । बामपन्थी नेता मोहन बिक्रम सिंहले पनि बहु विवाह गरेका थिए । उनको पछील्लो विवाह आफु भन्दा करिब ३२ बर्ष कान्छी दुर्गा सँग गरेका थिए । जबकी कानुनत विवाहको लागि उमेरको फरक २० बर्ष भन्दा बढी हुनुहुदैन । अर्का नेता बल बहादुर के सि को पनि केही समय पहिले एक राइथरकी जिल्ला बासी महिला सँगको काण्ड बाहिरिएको थियो । हुनत शेर बहादुर देउबाको नै ज्योति गौतम सँगको अफेयर बाहिर नआएको होइन । जनयुद्धको समयमा माओवादी कार्यकर्ता दुई विवाह गर्ने र बलत्कारी भन्दै भाटे कारबाही गर्थे । तर यसको बिपरित पार्टीकेन्द्रमा राम बहादुर थापा र पम्फा भुसाल बिचको यौन कान्ड बाहिरिएको थियो । अर्का प्रचन्ड निकट तत्कालिन केन्द्रिय नेता रबिन्द्र श्रेष्ठ पार्टी छाडेर एमालेमा प्रबेश गरे पछी सामान्य प्रशासन मन्त्री बन्न पुगे ।तर केही पछी एक महिला कार्यकर्ता लिएर अलप भएका थिए ।

१४ बर्ष पहिले श्रीषा कार्की नायिकाको नग्न तस्बिर जन आस्था पत्रीकाले छापे पछी उनले आत्मा हत्या गरी देह त्याग गरिन । त्यस्तै नग्न तस्बिर राजेश हमालको पनि बाहिरिएको थियो । तर उनी समाजमा बिना असर समाजमै रहे । केही अघी नम्रता श्रेठको यौन काण्ड पत्रीकाले सार्वजनिक गरिदिए पछी झन्डै ज्यान जाने अवस्था आएको थियो । तर त्यसमा संलग्न पुरुष पात्र बिना असर समाजमा देखा परेका थिए । यिनै सिलशिलाम पछील्लो कडी सभामुख महराको काण्ड हो । यो हार्मोन सँग सम्बन्धित जैबिकिय कुरा भएकाले पनि ब्यक्तिले प्राप्त गरेको प्रोफाइलले यसलाई नियन्त्रण गर्न नसकेको हो कि ? केही समय पहिले टि यु का एक प्राध्यापकले आफ्नै छात्रा सँग यौन गफ गर्ने मनसाय राखेको बाहिरिएको थियो । पारिबारिक बिभाजन भएका कारणले पनि समाजमा यस्तो समस्या थप बिकराल बन्दै गएको जस्तो छ ।

प्रतिक्रिया