जनता कुटेर राज गर्छु भन्ने दिवा स्वप्न नदेखे हुन्छ

अनिलभक्त खरेल २०७६ असोज १३ गते २१:२९ मा प्रकाशित

अनिलभक्त खरेल । पछिल्लो यो २ दिनमा नेपालमा २ ठुला घटना घटे एउटा ज्ञानेन्द्र शाही मरणासन्न हुनेगरि पिटिनु र अर्को कृष्णबहादुर महराबाट महिलामाथि करणी । जुन दुबै कुरा अपाच्य र निन्दनीय छ ।

आफ्नो कार्यक्रमको सुरुवातदेखि नै भौतिक आक्रमणको सामना गर्दै आएका भ्रष्टचारी विरोधी अभियन्ता ज्ञानवहादुर शाही(ज्ञानेन्द्र शाही) पछिल्लो अवस्थामा नराम्ररी पिटिएका छन् । असोज ११ गते शनिवार सत्ताधारी दलका कार्यकर्ताले उनको ढुकढुकी मात्र बाँकी राखेर चितवनमा मरणासन्न पारे । यस घटनाले लोकतन्त्र र गणतन्त्रमाथि ठुलो प्रश्न चिन्ह खडा गरेको छ । भिन्न विचार बोकेकै आधारमा, सत्ताधारी नेताहरुको गलत कामकार्वाही तथा भ्रष्टचार विरुद्ध चर्को आलोचना तथा विरोध गरेकै कारण कोहीपनि आम जनता दिनदहाडै सरकारबाट पालित पोषित गुण्डा, अरिंगालका जत्था, छौडा तथा डमरुरुपी राता मण्डलेहरुबाट कुटिन्छन् भने जनताले परिवर्तनबाट के पाए त ? के फरक रह्यो त पञ्चायत र यो लुटतन्त्ररुपी लोकतन्त्र र गणतन्त्रमा ? के यसरी जनतामाथि दिनदहाडै भाला, खुकुरी तथा रड प्रहार गर्नु न्यायोचित थियो त ? के ती आपराधिक गिरोहलाई कार्वाहीको दायरामा ल्यायउनु पर्दैनथ्यो । एउटा जिम्मेवार जिल्ला प्रहरी प्रमुखले अपराधिहरु भागे समाउन सकिएन भन्न सुहाउँथ्यो त ? के प्रहरी अपराधिहरु समाउन असफल भएकै हो त ? हैनभने सार्वजनिक भएका भिडियोको माध्यमबाट अपराधिहरुलाई समाउनबाट प्रहरीलाई के ले रोक्यो ? स्मरण रहोस् ,जुन भिडियोमा अपाधिहरुलाई सजिलै पहिचान गर्न सकिन्छ । हैन चितवन प्रहरी अपराधिहरुलाई समाउन असफल भएकै हो भने प्रहरी प्रमुख सर्वेन्द्र खनालको ध्यान केन्द्रित हुनुपर्छ । उनको पालामा नेपाल प्रहरी बदनाम नहोस् ।

पञ्चायतकालमा जसरी विद्यार्थी मण्डल(मण्डले) खडा गरेर पृथक विचारधारका व्यक्तिमाथि भौतिक आक्रमण गरे जस्तै अहिले वाईसीएल(योंग कम्युनिष्ट लिग हो कि योंग क्रिश्चियन लिग), युवा संघ(अरिंगाल, छौडा जत्था) खडा गरेर राता मण्डलेबाट भिन्न मत विरोधीहरुलाई निस्तेज गर्न झिनो प्रयास गरिदैछ । तरबार भन्दा कलम बलियो भन्ने कुरा पढ्दै आएकाहरु यस्ता क्रियाकलापबाट रत्तिभर विचलित छैनन् र हुँदैनन् पनि । राणा शासन त टिक्न नसकेको देशमा जनता कुटेर राज गर्छु भन्ने दिवा स्वप्न नदेखे हुन्छ दुई तिहाइ सरकारले । इतिहासको त्यो पाठ उनीहरुलाई पनि राम्ररी थाहा होला । फेरि त्यही प्रवृत्तिलाई नै अंगाल्नु भनेको विनाशाकाले विपरीत बुद्धि हो ।

यस घटनाले बुढी मरी हैन कि काल पल्क्यो भनेर सबैले चिन्ता गर्नु पर्ने बेला भएको छ । हैन भने त्यसैको अर्को दिन डा. मिनेन्द्र रिजालमाथि तनहुँमा पनि त्यस्तै किसिमका हर्कत देखाउने प्रयास गरिएको थियो तर हुन पाएन । हो ज्ञानेन्द्र शाहीले बोलेका कुरा हावादारी हुन्, उनका भाषण उत्तेजक हुन्, गलत हुन्, उनले प्रस्तुत गरेका भ्रष्टचारका डाटा गलत हुन् भने उनीमाथि राज्यले कानुनी कार्वाही गर्न सक्नु पर्थ्यो । त्यसो गर्न नसकेर आफ्ना अरिंगाल, छौडा तथा बघिनी र डमरुका जत्था प्रयोग गर्नु सरकारको पराजित मानसिकता हो । यस्ता पराजित मानसिकताबाट गुज्रेको सरकारले देश र जनताको हितमा काम गर्दैन र गर्न पनि सक्दैन । यस्ता असहिष्णु, अनुदार र फासीवादी सरकार देशको लागि घातक छ । चेतना भया !

त्यस्तै देशको ऐन नियम बनाउने निकायका प्रमुख व्यक्ति सभामुख कृष्णवहादुर महराले आसोज १२ गते आइतवार साँझ ८ बजे रक्सीको नसामा बानेश्वरमा एक महिलामाथि जर्वजस्ती करणी गरेको भनेर ती महिला मिडिया सामु आएकी छन् । महराले उनीमाथि करणीमात्र गरेनन् कि कुटपिट गरेको भनेर उनले आफ्ना निलडाम देखाउँदा पनि अझै सम्म पनि महरामाथि कुनै कार्वाही भएको छैन । यदि ती महिलाले देशको संबैधानिक निकायका व्यक्तिमाथि विना प्रमाण यस्तो घोर निकृष्ट तथा गम्भीर आरोप गलाएकी हुन् भने उनीमाथि किन कार्वाही भएको छैन ? महरा गलत हुन् कि महिला गलत हुन् चाडै सत्यतथ्य जनसमक्ष आउनु पर्छ ? हैन भने राज्यको जिम्मेबार निकायमानै यस्ता बलात्कारी छाती फुलाएर बस्छन् भने विश्वले बलत्कारी संरक्षित देश भन्ला होशियार । आजलाई यत्ति नै फेरि अन्तर्राष्टिय साइबर क्राइमको डर त्रास आएको छ ।

अस्तु भर्जिनिया अमेरिका

प्रतिक्रिया