टेक्ससमा आठौ दशैं कप भकुण्डो प्रतियोगिता सेप्टेम्बर २८ देखि सुरु
नेपालका पूर्व राष्ट्रिय खेलाडी प्रशान्त गिरीलाई सम्मान गरिने
विजय थापा । डिसी । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुने ८ औ दशैं कप भकुण्डो प्रतियोगितामा यस बर्ष नेपालका पूर्व राष्ट्रिय खेलाडी प्रशान्त गिरीलाई सम्मान गरिने भएको छ । गिरीको हाल बसाई टेक्सस ड्यालसमा रहेको छ ।
अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत ७ बर्ष देखि संचालनमा रहेको यस बर्ष ८ औ दशैं कप भकुण्डो प्रतियोगिता आगामी सेप्टेम्बर २८ -२९ दुई दिन सम्म संचालन हुनेछ । हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्दै आई रहेकोले यस बर्ष पनि चर्चित पूर्व राष्ट्रिय खेलाडी गिरीको नाम छनौटमा परेको हो ।
८ औ दशैं कप भकुण्डो प्रतियोगिताको आयोजक ड्यालस गोर्खाज फुटबल टिम रहेको छ । नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा दशैँ अगाडी आयोजना गरिन्छ । ड्यालस गोर्खाज फुटबल टोलि का प्रबन्धक बिनोद बिष्टका अनुसार दुई दिने प्रतियोगिताका लागि २९ वटा खेल टोलीले भाग लिएका छन् । अमेरिकाका विभिन्न राज्यहरु बाट खेलको लागि टेक्सस पुगेका छन् ।
बिजयी हुने समूहलाई नगद तथा पुरस्कार समेत गरेर कुल $ पाँच हजार डलरको व्यवस्था गरिएको छ । उक्त दशैँ भकुण्डो प्रतियोगितामा ३५ बर्ष माथिका खेलाडीहरुको पनि सहभागिता रहेको छ ।
३५ बर्ष भन्दा माथि उमेरको टोलि बिजेताले एक हजार डलर र उप बिजेताले पाँच सय प्राप्त गर्ने छन् । अर्को समूहका खेलमा बिजेताले दुई हजार ५ सय डलर नगद तथा पदक प्राप्त गर्ने छन् भने उप बिजेताले एक हजार डलर नगद तथा पुरस्कार प्राप्त गर्ने छन् ।
ड्यालस गोर्खाज फुटबल (भकुण्डो )टोलिका बिष्टले हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए l
बिश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया
अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने
अमेरिकामा दुई नेपाली द्वारा केन्टकी संघीय सरकार माथि मुद्दा दायर
अमेरिका आउँदा आँखाभरि आँसु पार्दै एक मुठी माटो बोकेर आएकोले बुद्धि पुर्याएको रहेछु भन्ने किन लाग्न थालेको छ ?
कति खर्बमा बेचियो कालापानी ?
नेपाली अमेरिकी मैत्री सङ्घ म्याडिसन विस्कन्सिनको प्रेस विज्ञप्ति
बोस्टनमा सत्यनारायण पूजाको भिडियो
टेक्ससमा गोकर्णेश्वर नगरपालिकाका प्रतिनिधिमण्डललाई स्वागत तथा सम्मान
मेरिल्याण्डमा घरबाटै महिलालाई अपहरण गरि एटिएममा पैसा निकाल्न खोज्ने अपहरणकारी फरार
एएनएचएसका अध्यक्ष केदार तिम्सिनाले डिसीमा हुने बिरोध र्यालीमा सहभागी हुन् सबैलाई आग्रह
प्रतिक्रिया