खाडी दौडाहमा कुल आचार्य, वैदेशिक रोजगारी व्यवस्थित बनाउने ६ योजना

इनेप्लिज २०७६ असोज १० गते १६:४८ मा प्रकाशित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षकाउम्मेद्धार कुल आचार्यले वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा पुगेका कामदारको सुरक्षित एवं मर्यादित रोजगारी र जीवनरक्षाका लागि ६ बुँदे कार्ययोजना अघि सारेका छन् ।

आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन गैरहेको संघको नवौं विश्वसम्मेलन एवं अन्र्तराष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा कुवेत पुगेका आचार्यले वैदेशिक रोजगारीमा देखिएका विकृती हटाउन आफ्ना प्रतिवद्धताहरु समेत सार्वजनिक गरेका हुन् । संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्धारी घोषणा गरेको पसीपल्टै कुवेत पुगेका वर्तमान उपाध्यक्ष समेत रहेका आचार्यले वैदेशिक रोजगारीमा जाने व्यक्ति र परिवारको हितमा आफ्ना योजनाहरु रहेको बताए ।

वैदेशिक रोजगारीका लागि पुगेका लाखौं युवाहरुले रगत र पसिना बगाएर पठाएको विप्रेषणले अर्थतन्त्र थेगेको तर व्यवस्थित हुन नसक्दा परिवार, समाज र मुलुकले ठुलो मूल्य चुकाउनु परेको आचार्यले बताए । ‘अहिले हरेक दिन वैदेशिक रोजगारीमा गएका कम्तीमा दुईजना नेपालीहरूको शव विमानस्थलमा आउने गरेको छ । कतारमा मात्रै सन् २०२२  विश्वकप  फुटबल  प्रतियोगिताका लागि रंगशाला निर्माण गर्ने क्रममा करिव १४ सय नेपालीहरूको ज्यान गइसकेको मानव अधिकारवादी संघ-संस्था तथा सञ्चार माध्यमहरूले उल्लेख छन्,’ आचार्यले कुवेतमा रहेका एनआरएनकर्मीहरुसंगको अन्र्तक्रियामा भने ‘अहिलेको मुख्य आवश्यकता नेपाली दाजुभाई दिदीबहिनीहरुको सुरक्षित आप्रवासन र रोजगारी भएकाले नेपाल सरकार, विदेशस्थित कुटनीति निकायहरु, तथा गैरआवासीय नेपालीहरुको विश्वव्यापी सन्जालवीच सहकार्य गरि वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित बनाउन अहोरात्र खटिने प्रण गर्दछु ।’

कुवेतमा रहेका एनआरएनकर्मीहरुसंगको अन्र्तक्रियामा भने ‘अहिलेको मुख्य आवश्यकता नेपाली दाजुभाई दिदीबहिनीहरुको सुरक्षित आप्रवासन र रोजगारी भएकाले नेपाल सरकार, विदेशस्थित कुटनीति निकायहरु, तथा गैरआवासीय नेपालीहरुको विश्वव्यापी सन्जालवीच सहकार्य गरि वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित बनाउन अहोरात्र खटिने प्रण गर्दछु ।’

आचार्यले सुरक्षित आप्रवासन र रोजगारीको सुरक्षा नहुँदा थुप्रै दाजुभाईको ज्यान जोखिममा रहेको दिदिबहिनीहरु विदेशमा घरेलु तथा यौन हिंसाको हिंसाको शिकारमा परेको बताउँदै सवै मिलेर यथाशिघ्र वैदेशिक रोजगारीका समस्या हल गर्न लाग्नुपर्ने बताए । उनले सार्वजनिक गरेको मर्यादित एवं व्यवस्थित रोजगार सम्वन्धि कार्ययोजनामा एनआरएनए सीप विकास केन्द्र स्थापना गर्ने, आप्रवासी कामदार कल्याण कोषको रकम बढाउने र पारदर्शी बनाउने, रोजगारीमा परेका दाजुभाई दिदीबहिनीको समस्या बुझ्न एनआरएन हटलाइनको व्यवस्था गर्ने, रेमिटान्समा आधारित अर्थतन्त्रलाई उत्पादनशीलतामा आधारित अर्थतन्त्रमा परिणत गर्ने, रोजगार शिक्षा र सचेतना कार्यक्रम बढाउने रहेका छन् । त्यसैगरि आचार्यले युरोप अमेरिका लगायतका देशमा रोजगारी लगाइदिने नाममा सर्वसाधारणबाट ठुलो रकम ठगी गर्ने, अलपत्र पार्ने, शोषण गर्ने संगठित गिरोहलाई दुरुत्साहित गर्न सवै पक्षसँग मिलेर काम गर्ने योजना समेत आचार्यले अघि सारेका छन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुमध्ये ७५ प्रतिशत अदक्ष कामदार रहेको र सीपको अभावमा व्यक्तिले मात्रै नभई मुलुकलेनै ठुलो नोक्सानी व्यहोर्नुपरेको बताउँदै आचार्यले कामदारको सीप अभिवृद्धीमा जोड दिने बताए । ‘खास गरी नेपालीहरु काम गर्ने मुलुकहरुमा रोजगारीको माग र नेपालीहरुसँग भएको सीप बीच तालमेल मिलाउन नेपाल सरकार, प्रदेश सरकारहरु, नेपालको निजी क्षेत्र र एनआरएनएबीच सहकार्य गरी एनआरएन सीप विकास केन्द्र स्थापना गर्न मेरो विशेष जोड रहनेछ,’ आचार्यले भने ‘यसैगरी नेपाल सरकारले इटहरी, भैंसेपाटी र बुटवलमा स्थापना गर्न लागेको सीप विकास केन्द्रका लागि पाठ्यक्रम तर्जुमादेखि प्रशिक्षण लगायतका विषयमा सहकार्य गर्न पनि सङ्घको तर्फबाट प्रस्ताव गर्ने छु ।’

आचार्यले वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्या्दित बनाउने उदेश्यले सङ्घले स्थापना गरेको आप्रवासी कामदार कल्याण कोषमा झन्डै अढाई करोड रकमलाई बढाएर पाँच करोड बनाउने र विद्यमान कार्यविधि पुनरावलोकन गरि कोषको सन्चालन पारदर्शी बनाउने समेत प्रण गरेका छन् । उनले वैदेशिक रोजगारीमा परेका नेपालीहरुको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएन हटलाइन सन्चालनको व्यवस्था गर्ने योजना समेत अघि सारेका छन् । नेपाल सरकार र अन्र्तराष्ट्रिय श्रम संगठन लगायत श्रमिकको हितमा काम गर्ने संस्थाहरुसंग मिलेर विदेशमा अलपत्र परेका कामदारलाई सहयोग गर्न सुरक्षित गृहको स्थापना गर्न पहल गर्ने आचार्यले बताए । उनले रेमिटान्समा निर्भर अर्थतन्त्रलाई क्रमशः उत्पादनशीलतामा आधारित अर्थतन्त्रमा परिणत गर्ने गरी युवा उद्यमशीलता कार्यक्रम तर्जुमा गर्न प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने समेत वाचा गरे ।

नेपाली कामदारको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि सुझाव दिन सरकारले गठन गरेको एउटा समितिले नेपालीहरू वैदेशिक रोजगारीमा जाने देशका दुतावासमा चिकित्सक राख्नुपर्ने सुझाव दिएको बताउँदै आचार्यले यसको कार्यान्वयनमा आफुले विशेष जोड दिएको समेत बताए ।

नेपाली कामदारको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि सुझाव दिन सरकारले गठन गरेको एउटा समितिले नेपालीहरू वैदेशिक रोजगारीमा जाने देशका दुतावासमा चिकित्सक राख्नुपर्ने सुझाव दिएको बताउँदै आचार्यले यसको कार्यान्वयनमा आफुले विशेष जोड दिएको समेत बताए ।

अध्यक्षका प्रत्यासी आचार्यले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सहि र जीवनपयोगी जानकारी दिने उदेश्यले तीन बर्ष अघि संघ र द एसिया फाउन्डेसनसँगको सहकार्यमा ल्याइएको ‘शुभयात्रा मोवाइल एप’लाई थपजानकारीमुलक र उपयोगी बनाउने समेत बताए । उनले युरोप अमेरिका लगायतका देशमा रोजगारी लगाइदिने नाममा सर्वसाधारणबाट ठुलो रकम ठगी गर्ने, अलपत्र पार्ने, शोषण गर्ने संगठित गिरोहलाई दुरुत्साहित गर्न सरकार र कुटनीतिक नियोग र सन्चार माध्यमहरुसंग मिलेर संघको तर्फबाट कार्यक्रमहरु ल्याउने बताए ।

आचार्यले वैदेशिक रोजगारलाई मर्यादित तथा व्यवस्थित बनाउने अभियानमा साथ र सहयोग गरिदिन सम्पूर्ण गैरआवासीय नेपालीहरुमा अपील समेत गरेका छन् । उनले ८१ मुलुकमा फैलिएको संघको सन्जाललाई सवै वर्ग, क्षेत्र, जातजाती, भाषाभाषीका गैरआवासीय नेपालीहरुको अपनत्व हुने गरि साझा संस्था निर्माण गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको समेत बताए । ‘अहिलेको मुख्य प्रश्न भनेको यो संस्थालाई कसरी बलियो बनाउने, कसरी समावेशी बनाउने, संसारभरि रहेका प्रवासी नेपालीहरुले अपनत्व महसुस गर्ने संस्था कसरी बनाउने भन्ने नै हो,’ आचार्यले भने ‘गैरआवासीय नेपालीको हितमा कसरी काम गर्न सकिन्छ, छलफल गरौं, सवै मिलेर सामुहिक भावनाले अघि बढौं ।’

संघको आगामी कार्यकाल २०१९–२०२१ का लागि आचार्यले गत मंगलबार अध्यक्ष पदमा उम्मेद्धारी घोषणा गरिसकेका छन् । सन् २००३ देखि एनआरएनएको अभियानमा होमिएका आचार्य भूमिकामा सक्रिय रहँदै काम गर्दै आइरहेका छन् । गैरआवासीय संघ बेलायतको सदस्य, उपाध्यक्ष, अध्यक्ष हुँदै संघको युरोप संयोजकको रुपमा काम गरिसकेका उनी हाल केन्द्रिय उपाध्यक्ष छन् ।

प्रतिक्रिया