शनिबार, कार्तिक २ २०७६
काठमाडौं १०:१०
वासिङटन डिसी 00:25

अमेरिकाको केन्टकीमा सवारी साधनको ठक्करबाट नेपालबाट छोरी/ज्वाई भेट्न आएका ५८ बर्षिय सापकोटाको निधन

अर्जुन थापा २०७६ असोज ८ गते २१:२६ मा प्रकाशित

 

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो…

अर्जुन थापा ,केन्टकी ,अमेरिका । अमेरिकाको केन्टकीमा सवारी साधनको ठक्कर बाट नेपालबाट छोरी/ज्वाई भेट्न आउनु भएका ५८ बर्षिय बिष्णु प्रसाद सापकोटाको देहान्त भएको दुखद खबर छ ।

नेपाल महोत्तरी,वर्दिबास घर भई ३ हप्ता अघिमात्र छोरी बिनिता सापकोटा तथा ज्वाई रोशन राज घिमिरेलाई भेटघाट गर्न लेक्जिङ्गटन ,केन्टकी आउनु भएका स्व सापकोटा आज बिहान मर्निङ्ग वाक (प्रभात कालिन ) टहल गर्दै गर्दा अपरिचितको कारको ठक्करबाट घटनास्थल मैं मृत्यु भएको स्थानीय पत्रपत्रिकाले समेत दुखद समाचार प्रकाशित गरेका छन् ।

उक्त अकल्पनीय घटना सुने बित्तिकै स्व बिष्णु प्रसाद सापकोटा कि पत्नी तथा छोरी बिनिता सापकोटाकि आमा बेहोश हुनु भएको थियो । आमा बिमला सापकोटा को हाल स्थानीय युके अस्पतालमा उपचार भैरहेको छ।

आमा  बिमला सापकोटाको स्थिति सामान्य छ भने बुवाको घटना स्थल मै मृत्यु भएको हो । अहिले शव परीक्षण (पोष्टमार्टम)का लागि राखिएको खबर समाजसेवी पुरुषोत्तम बोहोराले जानकारी दिनु भएको छ ।

बुवा बिष्णु प्र.सापकोटा को आत्माको चिरशान्तिको कामना गर्दै आमाको शिघ्रस्वास्थ्य लाभको कामना गर्दछौ ।

प्रतिक्रिया