अचानक भाइरल अघोरी बाबा पोखरा आउदै । किन आउदैछन् बाबा पोखरामा ? यस्तो छ कारण

इनेप्लिज २०७६ असोज ७ गते ०:०१ मा प्रकाशित
पछिल्लो समय निकै चर्चामा रहेका भाइरल अघोरी बाबालाई पोखरेलीहरुले प्रत्यक्ष देख्न र भेट्न पाउने भएका छन् ।

अघोरी बाबा असोजको दोश्रो साता पोखरा आउन लागेका छन् । बाबा लाई पोखराको पृथ्वीचोकमा रहेको कुन्ती मलले आफ्नो ग्राण्ड ओपनिङको कार्यक्रममा समय दिएको हो । सामाजिक सञ्जालमा चर्चामा रहेका बाबाले पोखरामा र्याप हान्ने र पोखरेलीहरुसंग भेटेर प्रत्यक्ष कुराकानी गर्ने कुन्ती मलले जनाएको छ ।

२०४७ सालदेखिनै संचालन भएपनि अहिले करिब १२ करोड रुपैयाँ लगानी यो मलमा थप गरिएको संचालक निरञ्जन वजिमयले जानकारी दिनुभयो । यसको औपचारीक शुभारम्भ असोज १२ गते हुने छ । कार्यक्रम असोज १२ र १३ गतेको लागि तय गरिएको छ ।

प्रतिक्रिया