शनिबार, कार्तिक २ २०७६
काठमाडौं १०:११
वासिङटन डिसी 00:26

“मेरो मुटु” लिएर आईन बरिष्ट गीतकार अम्बिका गुरुङ (भिडियो सहित)

इनेप्लिज २०७६ असोज ६ गते १०:२६ मा प्रकाशित

काठमाडौँ : बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा नयाँ गितको म्युजिक भिडियो “मेरो मुटु” सार्बजनिक भएको छ । सार्बजनिक भिडियोमा आधुनिक माया प्रेमको भावलाई दुरुस्त म्युजिक भिडियो मार्फत प्रेमिल जोडीलाइ मनमोहक दृश्यमा प्रस्तुत गरिएको छ । चर्चित गायक कृष्ण काफ्लेको सुमधुर आवाज रहेको गीतमा गीतकार आम्बिका गुरुङको गहकिलो शब्द रहेको छ भने दिपक शर्माको संगीत रहेको छ ।

अर्जुन अधिकारिको निर्देशनमा बनेको भिडियोलाइ उत्सब दाहाले छायांकन गरेका हुन् भने बिकाश दाहालको सम्पादन रहेको छ । भिडियोमा अनिश बिक्रम शाह र भूमिका केसीको अभिनय रहेको छ ।

अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया